शब्दब्रहृममा चिन्तन गर्दा

हिमालय टाइम्स
Read Time = 15 mins

- तिलकप्रसाद लुइँटेल

लक्ष्मी रायमाझीबाट लिखित ‘शब्द ब्रहृम’ नामको पुस्तक ‘नेपाल मुक्तक प्रतिष्ठान प्रदेश नं. १ शाखा, विराटनगर’ ले छापेको मुक्तक सङ्ग्रह हो । रमेश श्रेष्ठले अमूर्त चित्र राखेर आकर्षक आवरणमा सजाएको यस पुस्तकको लेआउट श्याम उरावबाट भएको र २०७९ सालमा २५० रुपैयाँ राखेर छापिएको छ ।

विराटनगरबाट २०७९ मंसिर २१ गतेका दिन ‘शब्द ब्रहृम’ र सच्चिदानन्द शीर्षक राखेर बाबुराम पोखरेलबाट १० पृष्ठ आयाममा लिखित भूमिकाको दोस्रो अनुच्छेदमा ‘खासगरी मुक्तक संस्कृत साहित्यबाट सुरु भएको कविताको लघुत्तम रूप हो । हृदयको भावलाई प्रतिबिम्बित गर्ने प्रभावकारी, निरपेक्ष, सङ्क्षिप्त, स्वतन्त्र र मुक्त पद्यात्मक विधा मुक्तक हो । एक श्लोकमा रहने चमत्कारले युक्त पूर्ण कवितालाई अग्नि पुराणले मुक्तक मानेको छ । चतुष्पदीय, तुकबन्दीयुक्त र गहन भावमय चोटिलो रचना मुक्तक हो ।’ भन्ने लेख्नुभएपछि मुक्तककको इतिहास र लक्षण यतिमै सङ्क्षेपमा आयो ।

प्रकाशक संस्थाको तर्फबाटसचिव मदन भण्डारीबाट लिखित तीन पृष्ठको प्रकाशकीय लेखमा, ‘अनुप्रायसयुक्त रुबाइयात शैलीका चतुष्पदीय हरफलाई मुक्तकको संरचनाको मानकको रूपमा प्रष्ट पारेको छ । एउटै विषयवस्तुभित्र मुक्तक ब्ब्द्यब् सूत्रमा लेखिन्छ ।’ यसरी लेखेपछि मुक्तक कस्तो हुन्छ भन्ने कुराको पनि केही जानकारी पाइयो ।

मिति २०७८–०८–०२५ का दिन स्वयम्भु, काठमाडौँबाट सुनिल अधिकारीले यस पुस्तकलाई शुभकामना दिँदै दुई पृष्ठ लेख्नुभएको छ । त्यसमा ‘यही मुक्तक महासागरमा अलि भिन्नै शब्द शैलीसहित मुक्तक विधालाई विशेष माया गर्नुहुने मुक्तककार बहिनी लक्ष्मी रायमाझी उभिनुभएको छ, आफ्नो पहिलो मुक्तक सङ्ग्रह ‘शब्द ब्रहृम’ लिएर ।’’ भन्ने लेख्नुभएको छ । यस भनाइबाट कृतिकारको यस क्षेत्रका लेखनको इतिहास र लेखाइको विशेषता अनुभव गर्न सकियो ।

‘शब्द ब्रहृम’ नामको २५२ वटा मुक्तकहरू सङ्कलित यस कृतिका सबै मुक्तक नै अक्षरशः यी पङ्क्तिहरू कोर्नुभन्दा पहिले पढियो । सबै राम्रा, सबैले सार्थक सन्देश एक एक लिएर आएकै छन् । कुनै मुक्तकलाई पनि ‘यसो भनेको भए अझ राम्रो हुन्थ्यो’ भन्नु परेन ।

कृतिकार स्वयंले कृतिप्रकाशनको सन्दर्भ सङ्केत गर्दै तीन पृष्ठको लेखकीयमा ‘ध्वन्यात्मक शब्द जुनसुकै ठोस वस्तु वा प्राणीबाट आउन सक्छ तर भाषिक शब्द मानिसबाट मात्रै आउँछ । मानिसबाट आउने भाषिक शब्दलाई वर्णले व्यक्त गर्न सकिन्छ । परापूर्व कालदेखिका शब्दहरू अझै आकाशमा सुरक्षित रहेका छन् भन्ने पनि सुनिन्छ । ब्रहृम अविनाशी हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । शब्द पनि अविनाशी हुनाले ब्रहृमको स्वरूप नै हो भन्ने अनुमान गर्न सकिन्छ ।’ लेख्नुभएको छ । यस गहन अभिव्यक्तिले उहाँको विद्वत्ता निकै माथिल्लो शिखरमा पुगेको प्रतीत हुन्छ ।

साथै, सामुमा देखिएर सहयोग गरेको होस् वा सहयोग पाएकै नहोस् ठुला मानिसको नाम उल्लेख गर्ने आफूलाई ठूलो बनाउने केही कृतघ्न साहित्यकार हिजोआज भेटिन्छन् । आफ्नै काम बिताएर भए पनि सहयोग गरेका तर झिनामसिनालाई भने त्यस्ता साहित्यकारले गन्दैनन् । लक्ष्मी रायमाझी त्यसरी सानो वा ठूलो भनेर मानिसलाई छुट्याउने स्वभावको हुनुहुँदो रहेनछ, यो उहाँको महानता हो । त्यसैले यसै लेखको अन्ततिर पुग्दा आफूलाई यस कृतिको निर्माणमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्‍याएका सबै व्यक्ति र व्यक्तित्वप्रति कृतज्ञता र धन्यवाद ज्ञापन गरिएको छ ।

‘शब्द ब्रहृम’ नाम दिएर २५२ वटा मुक्तकहरू सङ्कलन गरेका यस कृतिका सबै मुक्तक नै अक्षरशः यी पङ्क्तिहरू कोर्नुभन्दा पहिले पढियो । सबै राम्रा, सबैले सार्थक सन्देश एक एक लिएर आएकै छन् । आफू यस विषयको जानिफकार नभएर पनि हुन सक्छ, कुनै मुक्तकलाई पनि ‘यसो भनेको भए अझ राम्रो हुन्थ्यो’ भन्नु परेन । त्यसैले यहाँ सङ्कलित सबै मुक्तकका विषयमा लेख्ने आँछ गरिएन । मुक्तकका हरफहरू उतार्ने जाँगर नगरिकन एउटा निरपेक्ष पाठकका दृष्टिले देखेको कुरा थोरै शब्दमा लेखेर पाना रङ्याउने प्रयासमा—

संसारको कोही मानिस खुशी छ भने कोही उसकै नजिक दुःखी पनि छ । ‘‘यस्तो अवस्था कसरी सिर्जना भयो त ?’ यो जिज्ञासा मेटिने कथन पुस्तकका प्रविष्टिमै रहेको, पृष्ठ १ को मुक्तक १ मा देखियो । पढ्दै पाना पल्टाउँदै गर्दा पृष्ठ ७ मा पुगेपछि मुक्तक सङ्ख्या २० ले ध्यानाकृष्ट गर्‍यो । आजको समयमा माया गर्ने र माया लगाउने फेसन बढोत्तरीमा रहेको कुरा देखिएकै छ । जीवन नै अस्थायी छ र मायाको अर्थ छल पनि हो । यस्तो अवस्थामा शाश्वत सत्य कसरी फेला पार्न सकिन्थ्यो र ? कुरो प्रश्नवाचक नै भए पनि समाधान त्यसमै छ ।

हिजो आजको सबैभन्दा व्यापक बनेर फैलिएको विषय नै माया हो र विश्वास तथा घात पनि यसमा नै मनग्गे भइरहेका छन् । अझ ठूलाका विश्वास र घातको खेलमा साना बालबच्चा पिल्सिएका छन् । यद्यपि यहाँ उल्लिखित पाटोभन्दा केही भिन्न छ ।

संसार के हो ? कसले, कसरी, कुन साधनले बनायो ? यस्ता प्रश्नमा मानिस बेलाबखत अल्मलिएको हुन्छ । कोही सबैतिर गुण नै गुण देख्छ र कसैले दोष नै दोष देखिरहन्छ । वास्तविकता के हो ? गुणी वा दोषी सृष्टि हो कि दृष्टि हो भन्नेलाई पृष्ठ १४ मा पुगेर मुक्तक सङ्ख्या ४०मा पढ्न पाइयो । एक्लो जीवन बिताउन सक्थ्यो भने मानिसले कसैप्रति गुनासो गर्ने नै थिएन । मान्छेको जीवन न एक्लै साध्य छ, न गुनासोरहित नै हुन सकिन्छ । यति कुरो बुझ्न नसक्दा भौँतारिएका पाठकले पृष्ठ २० मा रहेको मुक्तक सङ्ख्या ६० लाई हेरेपछि आफ्नो चित्त बुझाउन सक्ने विचार पाएको छ ।

चाडपर्वसँग समाजको र समाजसँग पुख्र्यौली आचरणको सम्बन्ध हुन्छ । एउटा समाजमा बसे पनि सबै मानिसको आर्थिक र चेतनाको स्तर समान हुँदैन । असमानस्तर भएपछि एकसँग अर्काको संवाद र प्रतिक्रियाको सरोकार हुन्छ । त्यतिमै कसैले कसैलाई चित्त बुझाइदिन सक्छ भने कसैले कसैको चित्त दुखाइदिने पनि त्यसैबाट हो । सामाजिक एकता वा विखण्डनको बीज कहाँ होला भनेर हेर्दा पृष्ठ २७ को मुक्तक सङ्ख्या ८० मा पाइयो । स्तोत्र, मन्त्र, शास्त्र, शिक्षा सबैबाट हाम्रो अपेक्षा सुख र शान्तिको नै हो भन्न खासै अप्ठ्यारो हुँदैन । युगौँदेखि यसकै खोजीमा यात्रारत रहेको मानिस अथक रूपमा गतिमान छ । पृष्ठ ३४ मा रहेका मुक्तक सङ्ख्या १०० को खोजी पनि त्यही नै हो ।

सृष्टिमा धेरै कुराहरू हुन्छन् र तिनको प्रयोजन पनि सृष्टिले सिद्ध गरेकै छ । प्राप्ति–हानि, माया–घृणा, उदय–अस्त, सहयोग–असहयोग, उज्यालो–अँध्यारो जस्तो धेरै कुरा अनुलोम र प्रतिलोममा अवस्थित छन् । मानिसको चिन्तन र दृष्टि तिनैमध्ये कुनैमा अडिएको हुन्छ । सुन्दर मनले सुन्दर पक्ष हेर्छ भन्ने पृष्ठ ४० को मुक्तक सङ्ख्या १२० मा चित्त बुझ्दो गरी आएको छ । सङ्ग्रहको सार्थकता बोकेर पृष्ठ ४७ मा देखा परेको मुक्तक सङ्ख्या १४० मा व्यक्ताव्यक्त आध्यात्मिक भावलाई व्यवहारसँग सुटुक्क एकीकृत गरी उन्ने प्रयास भएको छ । धर्ती, आकाश, सूर्य, वायु, पृथ्वी, बाआमा र सन्तानको सम्बन्ध समेत विश्वासमा अडिएको छ । भोलिको दिन कसले देखेको छ र ? तर पनि भोलिको विश्वासमा सबै छौँ । पृष्ठ ५४ को मुक्तक सङ्ख्या १६० यस्तै चिन्तन लिएर आएको छ ।

देश आफ्नो हो, प्राकृतिक सम्पदा आफ्नो हो, बौद्धिक सामथ्र्य आफ्नो हो तर ठाउँ छोडेर आफू पलायन भएपछि ती सबै अर्थहीन हुन्छन् । ठाउँबाट चुकेपछि आइलाग्ने सहज असहज अवस्थाहरू के कस्ता होलान् भन्ने चिन्ता पृष्ठ ६० मा मुक्तक सङ्ख्या १८० प्रकट गरेको छ । जहाँ विश्वासले विश्व अडिएको छ, त्यहीँ भताभुङ्ग गराउने अविश्वास साथमै पछ्याइरहेको हुन्छ । विश्वास गर्नेले नै धोका पाउँछ भने धोका पाउनका लागि पहिले विश्वासको उपस्थिति हुनुपर्छ । समस्या र समाधान एकै ठाउँमा हुन्छ भन्ने हेर्नका लागि पृष्ठ ६७ मा रहेको मुक्तक सङ्ख्या २०० लाई हेरियो ।

हिजो आजको सबैभन्दा व्यापक बनेर फैलिएको विषय नै माया हो र विश्वास तथा घात पनि यसमा नै मनग्गे भइरहेका छन् । अझ ठुलाका विश्वास र घातको खेलमा साना बालबच्चा पिल्सिएका छन् । यद्यपि यहाँ उल्लिखित पाटोभन्दा केही भिन्न छ तापनि विषय मिल्दो मुक्तक पृष्ठ ७४ को २२०औं हो । जीवनको सफलता र विफलता मर्द र नामर्द जस्तो मानिस मानिसबीचको सीमाङ्कन गर्ने आधार के हो ? सायद यो प्रश्न पनि सामाजिक जीवनको अहं स्थानमा होला ।

पृष्ठ सङ्ख्या ८० को मुक्तक सङ्ख्या २४० मा पढियो, यसतर्फ केही बेर घोत्लिन पनि पाइयो । सङ्ग्रहको अन्तिम मुक्तक सङ्ख्या २५२ पृष्ठ सङ्ख्या ८४ मा छ र यसले मुक्तककारको शालीनता, सहनशीलताको शुभकामना दिएर पुस्तकका रचना टुङ्गिए । यी सुन्दर रचना पढ्ने अवसर दिएर यस पाठकप्रति ठूलो गुन लागेको छ ।

आफूले गरेको काम आफूलाई चित्त नबुझेसम्म ‘राम्रो’ का परिधिमा पर्दैन । समस्त शब्द ‘शब्दब्रहृम’ एकै ठाउँमा भएको सहज देख्तै आएका यी अल्पविद्याका आँखाले यहाँ ‘शब्द ब्रहृम’ लेखिएको देख्ता केही ‘गूढ अर्थ होला’ भनेर चित्त बुझाएँ । यहाँसम्म पढ्दै आउँदा टिपोट नगरिए पनि कता कति वर्णविन्यास र यति चिहृनहरूमा आँखा अड्किए । ‘आफूले नै नजानेको पनि हुनसक्छ’ भनेर स्वीकार गरियो । यति हलुकासँग एक पृष्ठमा जम्मा १२ हरफ अटाएर सेटिङ गरेको पुस्तकमा पनि पृष्ठ ६९ को मुक्तक सङ्ख्या २०७ का तीन हरफ एक पृष्ठमा र चौथो हरफ अर्कोमा गएको छ । यस पृष्ठमा एघार हरफ छन् र बाह्रौँ हरफ अर्का पृष्ठमा छ । सायद त्यहाँ पनि गर्ने गराउनेलाई ‘कुनै बाधा विपदले पछ्याएको थियो होला’ भनेर चुप लागियो ।
पुस्तक हेर्दै पछिल्लो आवरणमा पुगेपछि माथिल्लो भागमा स्रष्टा लक्ष्मी रायमाझीको सुन्दर चित्र सहितको परिचय छ । त्यसभन्दा मुनि—उषा शेरचन, प्रा.डा.भीम खतिवडा र सीमा आभास यी तीन जना विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको कथन छ । यसकै अन्तमा प्रकाशन संस्थाको लोगो र आइएसबिएन नम्बर राखेर पुस्तक टुङ्गिएको छ । राम्रो रचना लेख्ने, विद्वज्जनहरूको शुभकामना पाउन सफल स्रष्टालाई एउटा पथिक पाठकको असीम शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?