धादिङ । धादिङको गल्छी गाउँपालिका-८ का विनोद थापा मगरको हत्यामा संलग्न तिन अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी थापाको हत्यामा संलग्न तिन अभियुक्तलाई सार्वजनिक गरेको हो ।
होटलमा खाजा खान आएका विनोद थापा मगरलाई हत्या गरेको आरोपमा गल्छीको शानदार होटल एण्ड लजकी सञ्चालिका धादिङको गल्छी गाउँपालिका-८ की ४७ वर्षिया सरस्वती पनेरु (पण्डित), उनको छोरा २६ वर्षिय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका-१४ घर भई हाल गल्छी-८ बस्ने ३० वर्षिय किरन राना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
‘बुधबार राति ११ः४५ बजेको घटना हो । होटलमा खाजा खान आएका विनोद र होटल सञ्चालिका सरस्वतीबीच पैसाका कारण विवाद उत्पन्न भएपछि घटना घटेको थियो । प्रहरीका अनुसार पैसा लेनदेनको विषयमा सरस्वती र मृतक विनोदको सामान्य भनाभन भएको थियो । सरस्वतीले छोरा निरजलाई बोलाएपछि किरण रानालाई साथमा लिएर आएका थिए ।
मिश्रले भन्नुभयाे, ‘विनोदलाई ५/७ मुक्का प्रहार गरी निरजले साथमा ल्याएको फोल्डिङ वाला छुरा प्रहार गरी घाइते बनाएको अनुसन्धानबाट खुलेको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा वैशाख २८ गते बिहान पौने २ बजे उपचारको क्रममा विनोदको ज्यान गएको थियो । घट्नामा प्रयोग भएको छुरा घट्नास्थलदेखि ३० मिटर तल त्रिशुली नदीतर्फको किनारमा शुक्रबार बिहान प्रहरीले फेला पारेको थियो ।
पक्राउ परेका तिनै जनालाई कर्तव्य ज्यान मुद्दामा धादिङ अदालतबाट ३ दिन म्याद थप गरी अनुसन्धान भईरहेको र सरस्वती पनेरु (पण्डित)ले युवतीहरुलाई डर, त्रास र प्रलोभनमा पारी वेश्यावृतिमा लगाई मानव वेचविखन गरेको उजुरीको आधारमा मानव वेचविखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच