हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हिमाली जिल्ला हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा शनिबार एक कार्यक्रमका बिच नेपालको ७१ औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो ।

हुम्लाका सातवटा स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाको निमित्त प्रमुख प्रेम सिंहले बताउनुभयो ।

शनिबार कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएको हो । जिल्लाका जन्मेदेखि १५ महिनासम्मका एक हजार तीन सय बालबालिका र १६ देखि २३ महिनासम्मका एक हजार छतिस बालबालिकाले पूर्ण रुपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सिंहले बताउनुभयो ।

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन । सात वटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।

नेपाललाई पूर्ण खोप सुनिश्चित देश घोेषणा गर्ने प्रतिबद्धता अनुसार शनिबार हुम्ला जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको कर्णाली प्रदेश सांसद बिजय बुढाले बताउनुभयो ।

पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रमाका प्रमुख अथिती समेत रहनु भएका कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले हुम्ला जिल्ला भौगोलिक रुपमा बिकट विभिन्न कठीनाईको बावजुत पनि स्वास्थ्यकर्मीले उल्लेखनीय काम गर्नुका साथै सम्जिन लाएक रहेको बताउनुभयो । खोपलाई निरन्तताका साथ काम गर्नुपर्ने बताउँदै शाहीले, अबको प्रदेश सरकारले हुम्लीका समस्या समाधानमा लागि पर्ने बताउनुभयो ।

बाल मृत्युदर कम गर्नका लागि २०६६ सालदेखि जन्मदेखि २३ महिना सम्मका बालबालिकालाई नियमति खोप लगाउन थालिएको भएता पनि खोप लगाउन थालेदेखि नेपालमा बाल मृत्युदरमा पनि निकै कमी आएको घोषित कार्यक्रममा उपस्थित सरोकार निकायाले बताएका थिय ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख शिवराज शर्मा , कर्णाली प्रदेश संसद बिजय बुढा , कर्णाली प्रदेश संसद तथा पुर्व मुख्यमन्त्री जीवन बहादुर शाही, अदानचुली गाउँपालिका अध्यक्ष मोहनबिक्रम सिंह, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, ताँजकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापा, सहायक प्रमुख जिल्ला अधिकारी , सातवटै गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि लगायत अन्य स्वास्थ्यकर्मीको सहभागीता रहेको थियो ।

कार्यक्रममा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?