दैलेखको स्वास्थ्य केन्द्रमा आगजनी, आगो लगाएको आशंकामा प्रहरीद्वारा छानबिन सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

दैलेख । दुल्लुको आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रमा आगलागी भएको छ ।

दुल्लु नगरपालिका-७ बाहुनगाउँस्थित स्वास्थ्य केन्द्रमा आगलागी हुदाँ करिब १५ लाख बराबरको धनमाल क्षती हुन पुगेको छ । शनिबार राति सो आगलागी भएको थियो ।

स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यका अनुसार बर्थिङ सेन्टरका औषधि उपकरण तथा सर्जिकल सामान राखिएको मिनी स्टोरमा आगलागी हुदाँ सो स्टोरमा रहेका सबै औषधी र उपचारजन्य सामग्रीहरु जलेर नष्ट हुन पुगेको छ । उहाँका अनुसार सोही कोठामा स्वास्थ्य केन्द्रमा रहेका मध्ये महंगो औषधि र उपकरण राखिएको थियो ।

उहाँका अनुसार सो आगलागीमा परेर करिब १५ लाख रूपैयाँ मुल्य बराबरको धनमाल क्षती भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ  ।

ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको ढोकामा लगाइएको ताला फोडिएको अवस्थामा फेला परेकाले घटना थप शंकास्पद भएको भन्दै छानबिन प्रक्रिया अघि बढाईएको जानकारी दिनुभयाे । उहाँका अनुसार पहिला पनि सो स्वास्थ्य केन्द्रमा तोडफोड भएकाले नियतबस आगो लगाईएको हुन सक्ने आशंकामा अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?