प्रेस सेन्टर जुम्लाको चौथो साधारणसभा सम्पन्न

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जुम्लाको चौथो साधारसभा तथा सिंजा र तिला गाउँपालिकाको आर्थिक र सामाजिक विकासमा पत्रकारिताको भूमिका र सुझाव संकलन शनिवार जुम्लामा सम्पन्न भएको छ ।

साधारणसभामा संगठनले गरेको कार्यविवरण र वार्षिक प्रतिवेदन सहित आगामी योजनाबारे पनि छलफल समेत गरिएको छ ।

प्रेस सेन्टर जुम्लाका अध्यक्ष विजय रावतको अध्यक्षता भएको साधारणसभामा संगठनका केन्द्रिय सचिव शुरु बहादुर सिंह,केन्द्रिय सदस्य नत्र बहादुर शाही लगायतको उपस्थिति रहेको थियो । उनीहरुले प्रेस सेन्टर जुम्लालाई मजबुद पार्दै पत्रकारिता क्षेत्रलाई थप शसक्त बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा पुर्व पशुपन्छि विकास मन्त्री गोमा गौतम (कुवर) ले प्रेस सेन्टरले पत्रकारितालाई केन्द्रमा राखेर संगठनलाई बलियो पार्नुपर्ने धारणा राख्दै जुम्ला शाखालाई थप क्रियाशिलका रुपमा अघि बढाउन लागि पर्ने बताउनुभयो ।

प्रेस संगठन जुम्लाले सक्रियतापूर्वक काम गरेको भन्दै आगामी दिनमा पनि यसैगरी अघि बढ्न र सिंजा गाउँपालिको आर्थिक र सामाजिक विकासमा पत्रकारिताको भूमिका महत्वपुर्ण रहेको छ । सिंजाको भित्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरेकोमा प्रेस संगठनलाई राम्रो काम गरेको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले जानकारी दिनुभयो । भुटानी शरणार्थी, भ्रष्टाचारको विषय प्रधानमन्त्रीले सरकारले उठाएको कदममा उच्चताका साथ दिनुपर्ने नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य विष्णुवहादुर महत बताउनुभयो । स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भएमा सिंजा गाउँपालिकाको आर्थिक समृद्धिमा सहयोग पुग्ने सिंजा गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत मित्रलाल धितालको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितिका सदस्यद्धय हरिवहादुर भण्डारी र डाक्टर कलवहादुर रोकाया, नेपाल राष्ट्रिय कर्मचारि संगठनका कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरी, जुम्ला बहुमुखि क्याम्पस जुम्लाका प्रमुख डाक्टर ओमप्रकाश आचार्य, बुद्धिजिवी संगठन जुम्लका अध्यक्ष हिम्मत बुढ्थापा,सिंजा गाउँपालिका प्रवक्त तिर्थ वड,खेलकुद विकास समिति जुम्लाका सदस्य सचिव संगीता आचार्य,प्रेस चौतरी जुम्लाका अध्यक्ष नौरते नेपाली र समाजवादी प्रेस संगठन जुम्लाका अध्यक्ष मानदत्त रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो साधारणसभाको अवसरमा प्रेस सेन्टर जुम्लाले स्वर्गीय पदमराज देवकोटा स्मृति अक्षयकोष स्थापनाको घोषणा समेत गरेको छ । उक्त अक्षयकोषका लागी सिंजा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तिर्थ वडले ११ हजार १ सय ११ रूपैयाँको चेक अक्षयकोषका नाममा प्रेस सेन्टर जुम्लालाई हस्तान्तरण गर्नुभएको छ ।

त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारि संगठन कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले १० हजार १ सय, प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश सचिव उपेन्द्र न्यौपानेले १० हजार ९९३ रूपैया, अग्रज पत्रकार खगेन्द्र मल्लले ५ हजार १११ रूपैयाँ, प्रेस सेन्टर जुम्लाका बरिष्ठ सल्लाकार पूर्णप्रसाद चौलागाईले ५ हजार र नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रवहादुर शाहीले १० हजार रुपैयाँ,प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सुरजकुमार सिंहले ११ हजार ११५ प्रेस सेन्टर जुम्लाका अध्यक्ष विजय रावतले ५ हजार र उत्तम देवकोटाले ११ हजार १११ रुपैयाँ स्वःपदमराज देवकोटाको स्मृति अक्षयकोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

स्वःपदमराज देवकोटाको २०६० माघ ३० गतेका दिनमा जुम्लाको उमगाडमा सेनाको कारबाहीमा परि मृत्यु भएको थियो । स्वर्र्गीय देवकोटाकि आमा संगिता आचार्यलाई साधारणसभाको अवसरमा दोषला र प्रमाण पत्र दिएर सम्मान गरिएको प्रेस सेन्टर नेपाल जुम्ला शाखाले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?