मोखा आँधीले बंगलादेशका सबैभन्दा ठुलो बन्दरगाह बन्द, जनजीवन अस्तब्यस्त

हिमालय टाइम्स
Read Time = 1 min

ढाका । केही बेरमा आउने ‘मोखा आँधी’ का कारण बंगलादेशको जनजीवन अस्तब्यस्त भएको छ ।

सो आँधी नजिकिएसँगै बंगलादेशको दक्षिणी टापु सेन्ट मार्टिनमा करिब ८ हजार मानिस आतंकित जीवन गुजार्न बिबश भएका छन ।

देशको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँको सञ्चालन रोकिएको छ भने डुङ्गा आवतजावत र माछा मार्ने गतिविधि पनि ठप्प पारिएको छ ।

हाल बंगलादेशमा भारी वर्षा भइरहेको छ  ।

सो राक्षसी आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ  । यसैगरी, कक्सलगायतका बंगलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरुमा निरन्तर साइरनसहित रातो झण्डा फहराएर चेतावनी दिईएको छ । अझै केही दिनसम्म सक्रिय रहने मोखा आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधरणलाई सुरक्षित हुन अपिल गरिएको छ ।

बंगलादेशमा सन २००७ पछि सबै भन्दा शक्तिशाली आँधीबेहोरीको रुपमा मोखालाई लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?