नक्कली शरणार्थीको आरोप लागेपछि एनआरएनएका अध्यक्ष आचार्यको स्पष्टोक्ति : म नक्कली भुटानी शरणार्थी होइन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि लागेको आरोपबारे स्पष्टीकरण दिनुभएको छ । ‘नक्कली शरणार्थी’ बनेर आफू बेलायत छिरेको भन्ने आरोपबारे आचार्यले प्रष्टिकरण दिनुभएको हो ।

उहाँले यो आरोप निराधार र मिथ्या रहेको बताउनु भयो । आचार्यले आफू नेपाली नागरिकता र नेपाली राहदानीका आधारमा बेलायत पुगेको प्रष्ट पार्नुभयो ।

‘नेपाली नागरिकता र राहदानीका आधारमा बेलायतको राहदानी लिएको हुँ । अहिले एनआरएनए कार्ड बोकेको छु,’ आचार्यले लण्डनबाट भन्नुभयो, ‘यसमा भन्नु केही छैन् । देशको लागि केही गरौँ भन्नेलाई राम्रो कसैले मान्दैनन् । ममाथि लगाइएको आरोपमा कुनै सत्यता छैन । मिथ्यामात्रै हो ।’

उहाँले आफूलाई बदनाम गराउन एउटा समूह सक्रिय रहेकोसमेत आरोप लगाउनु भयो ।

‘२/४ जना मेरो विरुद्धमा अहिलेमात्र होइन पहिलेदेखि नै लागेका छन् । अनेकौं तिकड्म झिक्ने गरेका छन् । तर, यस्ता अफवाहले मलाई केही फरक पर्दैन्। झिनामसिना कुराका पछि लाग्ने मान्छे पनि म होइन,’ आचार्यले भन्नुभयो ।

आचार्य नक्कली शरणार्थी बनेर बेलायत पुगेको प्रचार सामाजिक सञ्जालहरूमा चलेको छ । ६ महिनासम्म एनआरएनएको नेतृत्व गर्नुभएको आचार्य बेलायतमा व्यवसाय गर्नुहुन्छ ।

उहाँलाई एनआरएनए बेलायतकै अध्यक्ष प्रेम गाहा मगरले नक्कली शरणार्थी बनेर बेलायतमा शरण लिएको आरोप लगाउनु भएको थियो ।

मगरले एक टेलिभिजनसँगको अन्तरवार्तामा आचार्यले बेलायतमा स्थापित हुनकै लागि नक्कली शरणार्थी बनेको आरोप लगाउनु भएको थियो ।

सरकारले आचार्यको पद खारेज गर्नुपर्ने र उनीमाथि राष्ट्रघातको मुद्धा चलाउनु पर्ने माग समेत मगरले गनुर््भएको थियो ।

तर, आचार्यले भने यो सबै अफवाह भएको दावी गर्नुभएको छ। उहाँले आफूसँग जन्मस्थान पर्वत लेखेको नेपाली राहदानी भएको बताउनु भएको छ

‘म पर्वतमा पण्डितको परिवारमा जन्मेको छोरा हुँ । मेरो पहिलाको नेपाली राहदानीमा जनमस्थान पर्वत लेखेको छ,’ आचार्यले भन्नुभयो, ‘अहिले सरकारले दिएको एनआरएनए कार्डको आधारमा नेपालमा लगानी गरिरहेको छु । विदेशी भूमिबाटै भए पनि जन्मेको देशका लागि केही गरौँ भन्ने मेरो चाहना हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?