सिद्धान्त नमिल्ने पार्टीहरू मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध : पूर्वराजदूत आचार्य

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । पूर्वराजदूत नीलाम्बर आचार्यले सिद्धान्त नमिल्ने पार्टीहरु मिलेर बारम्बार सरकार बनाउनु संस्थागत अपराध भएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।

उहाँले सिद्धान्त नमिल्ने पार्टीहरुबीच एक अर्कासँगको एकता प्रक्रिया भ्रष्ट र अपराध कर्मीहरुको गर्ने गरेको बताउनु भयो । उहाँले जति पटक निर्वाचन भएर सरकार परिवर्तन भएपनि भ्रष्ट र अपराधकर्मीको संगठनको जालोले निरन्तरता पाइराखेको बताउनु भयो ।
उहाँले भूटानी शरणार्थी प्रकरणमा वर्तमान सरकारले सक्षमता प्रदर्शन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरण एउटा धनिभुत संगठित अपराध भएको बताउनु भयो । उहाँले नक्कली शरणार्थी मात्रै नभएर मानव तस्कर र राज्य बिरुद्धको राज्यलाई खोक्रो पार्ने अपराध भएको टिप्पणी गर्नुभयो ।

उहाँले अपराधमा संलग्न हुनेहरु धेरै शक्तिशालीहरु हुने र उनीहरुलाई संरक्षण दिनेहरु महाशक्तिशालीहरु भएको बताउनु भयो। उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ ? भनेर देखाएको बताउनु भयो। उहाँले शरणार्थी प्रकरणको घटनामा राजनीतिक प्रतिशोधको रुपमा नभएर पक्राउ पर्नेहरु अपराध गर्नेको रुपमा पक्राउ परेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘नक्कली भूटानी शरणार्थी प्रकरण एउटा धनिभुत संगठित अपराध हो । नक्कली शरणार्थी मात्रै नभएर मानव तस्कर लगायत अन्य धेरै किसिमको अपराध हो । राज्य विरुद्धको राज्यलाई खोक्रो पार्ने अपराध हो । मानव तस्कर गरेर र्फिता ल्याइन्छ । तर मानव तस्करमा लागेकाहरुलाई पक्राउ गरेर दण्डित गरिँदैन । यो अपराधमा ठूलाहरु पनि संलग्न छन् भन्ने लाग्ने गरेको थियो । भारतीय दुतावासमा बस्दा मानव तस्करको प्रत्येक रुपमा भोग्नुप¥यो । अपराध किन बढीरहेको छ भने अपराधमा संगलन धेरै शक्तिशालीहरु रहेका हुन्छन् । शक्तिशालीहरुलाई संरक्षण दिनेहरु महाशक्तिशालीहरु भएका हुन्छन् । नक्कली भूटानी शरणार्थी प्रकरणले नेपालको शासन व्यवस्था कता गइरहेको छ भनेर देखाएको छ । अहिले नेपाललाई अन्तर्राष्ट्रिय मुलुकहरुको हेरीरहेका छन् । यो घटनामा राजनीतिक प्रतिशोध नभएको र पक्राउ पर्नेहरु राजनीतिक रुपमा नभएर अपराध गर्नेको रुपमा पक्राउ परेका छन् । मलाई लाग्ने गरेको थियो सिद्धान्त नमिल्ने पार्टीहरु कसरी एकअर्कासँग जोडिएर सरकार बनाएको छ । सरकार बनाउन किन एकता हुन्छ । एउटा गराउने त भ्रष्टहरु र अपराध कर्मीहरु रहेछन् । सरकार परिवर्तन भए र निर्वाचनहरु पनि भए तर संगठनहरुको जालोले निरन्तरता पाइराखे । संस्थागत अपराध भइराख्यो । वर्तमान सरकारले यो घटनामा सक्षमता प्रदर्शन कायम राख्नुपर्छ ।’

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रहरीले आफ्नै पूर्वगृहमन्त्रीलाई पक्राउ गर्नु शाहसीपूर्ण काम भएको बताउनु भयो । उहाँले सरकार दृढतापूर्वक लाग्दा कुनैपनि काम गर्न सकिने कुरा नक्कली भूटानी शरणार्थी प्रकरणले देखाएको बताउनु भयो । उहाँले भ्रष्टाचार बिरुद्धमा सबै एक जुट हुनसके देशलाई परिवर्तन गर्न सकिने बताउनु भयो। उहाँले शरणार्थी प्रकरण कसरी सामसुम बनाउन सकिन्छ भन्दै ठूला दलका नेताहरु नै सक्रियता जगाएको देखिएको आरोप लगाउनु भयो । उहाँले भ्रष्टाचारका विषयमा छानबिन गर्ने निकायहरु सक्रिय हुन आवश्यक देखिएको बताउनु भयो ।

त्यस्तै ,स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा सम्पूर्ण पार्टी नीतिगत भ्रष्टाचारमा लिप्त रहेको बताउनु भयो । सांसद सिंहले नेपालमा भ्रष्टाचार विभिन्न रुपमा हुने गरेको बताउनु भयो । उहाँले नेपालका १ हजार मानिसहरुको पैसा दुबईमा क्यापिटल फ्लाइटमार्फत गएको बताउनु भयो । उहाँले सय भन्दा बढी मानिसहरुको गोल्डेन भिसा समेत रहेको दाबी गर्नुभयो ।

उहाँले दुबईमा जाने पैसा राजनीतिज्ञ, उच्च तहका कर्मचारी र उद्योगीहरुको पैसा रहेको बताउनु भयो । उहाँले ब्रोकरहरुलाई समातेर कारबाही गरे सबैको तथ्य बाहिर आउने बताउनु भयो । चालु आर्थिक वर्षको बजेट विचौलियाले बनाएर अर्थमन्त्रीले वाचन गरेको भन्दै संसदीय छानविन समितिले सो काण्ड सामसुम बनाएको बताउनु भयो । सोही कारण नेता लक्ष्मणलाल कर्णको निर्वाचनमा जमानात जफत भएको उल्लेख गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?