काठमाडौं । क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलोपटक सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठन भएको छ । मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
नवगठित अन्य पदाधिकारीमा उपाध्यक्ष राजन धिताल, सचिव अजयकुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलिप लामा, सागर खड्का, सन्तोष चौलागाईँ, अनिलकुमार धिताल रहनुभएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको सफलताबाट देशले गर्व गर्ने वातावरण बनेको बताउनुभयो । क्रिकेट खेललाई प्रोत्साहन गर्न आगामी दिनमा उपयुक्त मैदान निर्माण गरेर प्रतियोगिता आयोजना गर्ने तथा क्रिकेट खेलको विकासका लागि सहकार्य गर्ने उहाँले जानकारी दिनुभयो ।
यस्तै, क्रिकेट खेललाई सिन्धुपाल्चोकमा स्थापित गर्न सुरुवातदेखि नै सहयोग गर्दै आउनुभएका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवगठित तदर्थ समितिलाई बधाई दिँदै क्रिकेट खेलको विकाससँगै खेलमैदान निर्माणमा आवश्यक पहल र सहकार्य गर्न तत्पर रहेको जानकारी दिनुभयो ।
उहाँले सिन्धुपाल्चोक क्रिकेट संघले जिल्लामा क्रिकेट खेललाई स्थापित गरेर देशले गर्व गर्ने खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै क्रिकेट खेलको विकासका लागि निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवगठित तदर्थ समितिका अध्यक्ष धितालले सिन्धुपाल्चोक क्रिकेट संघको तदर्थ समिति गठनपश्चात् क्रिकेट खेललाई आधिकारिकरूपमा जिल्लामा स्थापित गर्न गोरेटो बाटो निर्माणको सुरुवात भएको बताउनुभयो । नेपाली क्रिकेट जगत्ले एकपछि अर्को सफलता हात पार्दै जाँदा यसको लोकप्रियता पनि बढ्दो छ । पछिल्लो समय क्रिकेटलाई बुझेर माया गर्ने दर्शकको साथ पनि उल्लेख्य वृद्धि भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच