एन्जिलाको टोली अर्को चरणमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु फुटबल क्लब भारतीय महिला लिगको समूह ‘बी’को शीर्षस्थानमा रहँदै अघिल्लो चरणमा पुगेको छ । यस्तै, राष्ट्रिय टोलीकै दुई मिडफिल्डर सरु सुब्बा र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसी सोही समूहको दोस्रो स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ ।

समूह चरणको अन्तिम खेलमा शनिबार सेथु उडिसा एफसीसँग गोलरहित बराबरीमा रोकिए पनि शीर्षस्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । उक्त खेलमा एन्जिलाले पूरा समय खेल्नुभएको थियो ।

त्यसअघि भएको खेलमा सरु र रेनुकाले पहिलो रोजाइमा खेलेको खेलमा किकस्टार्टले सेन्ट्रल रिजर्भ पुलिस फोर्स फुटबल क्लबलाई नौ-शून्यले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । सरुले पहिलो हाफमै टोलीका लागि दुई गोल गर्नुभयो । त्यसबाहेक टोलीका लागि लेइश्रम बिबिचा देवीले हृयाट्रिक तथा सुस्मिता लेप्चा र डालिमा छिबिरले समान एक गोल गर्नुभयो ।

यता, राष्ट्रिय टोलीकी अनिता बस्नेत आबद्ध लर्ड्स एफए इस्टर्न स्पोर्टिङ युनियनसँग तीन-दुईले पराजित भयो । योसँगै सेथु, किकस्टार्टसँगै उडिसा एफसी तेस्रो र इन्टर्न स्पोर्टिङ चौथो स्थानमा रहँदै लिगको क्वाटरफाइनलमा प्रवेश गरे ।

समूह चरणको सात खेलको समाप्तिमा सेथुको १७, किकस्टार्ट र उडिसा एफसीको समान १६ अंक र इस्टर्न स्पोर्टिङले १५ अंक जोडेको थियो । अनिता आबद्ध टोली समूहको सातौँ स्थानमा रहेको थियो । दुई समूहमा आठ टोलीको सहभागिता थियो ।

समूह ‘ए’मा राष्ट्रिय टोलीको फरवार्ड गोकुलम केरला एफसी १९ अंकका साथ अघिल्लो चरण पुगिसकेको छ । राष्ट्रिय टोलीकै रेखा पौडेल सम्मिलितस्पोर्ट्स उडिसा (१३ अंक) दोस्रो, इस्ट बंगाल एफसी (१३ अंक) तेस्रो र होप्स फुटबल क्लब (१२ अंक) चौथो हुँदै क्वाटरफाइनलमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?