टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा फरार रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

आइतबार साँझ रायमाझीलाई बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले वैशाख २० गते उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको दिन रायमाझी भैरहवा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा थिए । तर, उनी त्यहीबाट फरार भएका थिए । उनका छोरा सन्दीपलाई भने प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित १२ जना पक्राउ परिसकेका छन् ।

खाँणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आजै मात्र खाँणसहित १२ जना अभियुक्तिको थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?