युथ आइजिएफको इन्टरनेट फेलोसिप

Read Time = 1 min

काठमाडौं । युथ आइजिएफ(वाइआइजिएफ) नेपालले फेलोसिप २०२३ आवेदनका लागि खुला भएको छ । फेलोसिपले २९ मे २०२३ मा हुने वार्षिक मल्टी स्टेकहोल्डर खुला फोरममा उपस्थित हुन छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ । फेलोसिपमार्फत् सात प्रदेशबाट १४ सहभागी छनोट हुनेछन् ।

युथ आइजिएफ नेपाल नेपालका युवाको राष्ट्रिय पहल हो, जसको उद्देश्य युवामाझ इन्टरनेट सुशासनका मुद्दाबारे सचेतना जगाउनु रहेको छ । यो पहल बृहत् युथ इन्टरनेट गभर्नेन्स फोरम (युवा आइजिएफ) मुभमेन्टको एक हिस्सा हो, जसको उद्देश्य युवालाई इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित छलफल र निर्णयमा संलग्न हुन मञ्च प्रदान गर्नु रहेको युथ आइजिएफका संस्थापक सदस्य उदीप बराल र विवेक सिलवालले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?