काठमाडौं । नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरूले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरूको भनाइ छ । आइतबार राजधानीमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरूसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरूले धुम्रपान नियन्त्रण गर्नसके क्यान्सर हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताउनुभयो । नेपालमा दिनानुदिन क्यान्सर रोगीहरूको संख्यामा बृद्धि भइरहेको उहाँको भनाइ छ । सोही अनुरुप प्रविधि र अस्पतालहरूकोसमेत विकास भइरहेको कर्णले बताउनुभयो ।
भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको बताउनुभयो । सुर्ति सेवनलाई रोक्न सके, नियमित कशरत र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने उहाँको भनाइ छ ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन र जीवनशैली रहेको औंल्याउनुभयो । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उहाँको भनाइ छ । विकशित देशमासमेत क्यान्सरविरुद्धको भ्याक्सिन अभाव रहेको उहाँले बताउनुभयो । त्यसका लागि नेपाल सरकारले जि टु जि प्रक्रियाबाट काम सुरु गरेमामात्रै सम्भव रहेको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच