नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिक समीक्षा गरेको छ । हालका दिनहरूमा देशमा आर्थिक मन्दीको अवस्था छ । यस्तो अवस्थालाई यस मौद्रक नीतिको यस समीक्षाले कम गर्छ भन्ने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो । यसले अरू सम्पूर्ण बैंकहरूलाई निर्देशन, नियमन गर्ने उनीहरूका लागि नीतिहरू बनाइदिनेलगायत कमहरू गर्दछ । यसलाई नोट निष्काशनको अधिकारसमेत हुन्छ । अरू बैंकहरूले यसको निर्देशन र यसले बनाइदिएका नीतिहरूको पालना गरेर बैंकिङ कामकारोबार गर्ने गर्दछन् । हाल एकातिर आर्थिक तरलताको कमी छ, बजारमा नोटहरूको, प्रवाह कम छ भन्ने गरिएको छ ।
बेलाबेलामा अनेक प्रकारका सन्त्रासहरू फैलिने गरेका छन् । वैदेशिक ऋणमा डुबेर टाट पल्टिएको सार्ककै एक सदस्य राष्ट्र श्रीलंकाको जस्तो अवस्थामा नेपाल पनि पुग्दैछ भन्ने जस्ता हल्लाले नेपालको आर्थिक बजार संत्रस्त हुँदै आएको छ । एक-दुई दशकअघिसम्म श्रीलंका दक्षिण एशियाको सम्पन्न मुलुक मानिन्थ्यो । झण्डै तीन दशकसम्म गृहयुद्धको चपेटामा परेर पनि श्रीलंका आर्थिक रूपमा विपन्न थिएन तर चीनको ऋणका कारण अहिले विपन्न बन्न पुगेको छ । नेपाल पनि यस्तै हुन्छ कि भन्ने आशंका व्याप्त भइरहेको अवस्थामा हाल आएको मौद्रिक नीतिको त्रैमासिक समीक्षाले बिग्रिँदै गएको आर्थिक नीतिमा सुधार हुने अपेक्षा गर्न सकिन्छ । नेपालको आर्थिक क्षेत्रमा त अनेकौं खालका आशंका व्याप्त थिए ।
बजारमा तरलताको अभावका कारण ठूला व्यापारीहरूले ठूला खालका पाँच सय र एक हजारका नोटहरू लुकाएर राखेका कारण तिनमा प्रतिबन्ध लगाउने जस्ता चर्चा चलेका थिए । छिमेकी राष्ट्र भारतले केही वर्ष पहिले यसै गरेको थियो । त्यसैले नेपालले पनि यसै गर्छ कि भन्ने अड्कलबाजी गरिएको थियो । यस्तो अवस्थामा आएको मौद्रिक नीतिबाट अर्थिक क्षेत्रमा सुधारको अपेक्षा गर्न नसकिने होइन । अब राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिति पनि धेरै नभएको बताइने गरेको थियो तर राष्ट्र बैंकले भने बाहिर हल्ला भएको जस्तो अवस्था नरहेको बताउँदै आएको थियो । हाल प्रस्तुत भएको यस आर्थिक वर्षको मौद्रिक नीतिका कारण व्यापारिक क्षेत्रमा समेत सुधार हुने आशा गर्न सकिन्छ ।
किनभने यस मौद्रिक नीतिको समीक्षाले व्यावसायिक क्षेत्रमा राहत दिने प्रयास गरेको छ । तैपनि निजी क्षेत्रको असन्तुष्टि भने कायमै रहेको छ । यस मैद्रिक नीतिले दुई त्रैमासिकसम्म ऋणात्मक रहेका आर्थिक क्षेत्रलाई पुनर्कर्जा दिने व्यवस्था पनि गरेको छ । साथै पशुपक्षी पालन, होटल तथा रेस्टुरेन्ट तथा निर्माण क्षेत्रसँग सम्बन्धित कर्जालगायत क्षेत्रका कर्जालाई आगामी असारसम्म पुनर्तालिकीकरण गर्ने व्यवस्था गरेको छ । यसरी गरिएका यी व्यवस्थाहरूका कारण सम्बन्धति क्षेत्रका व्यवसायीहरू लाभान्वित हुन सक्ने कुरा अपेक्षित छ । समयमा कर्जा चुक्ता गर्न कठिनाइको सामाना गरिरहेका नियमित रूपमा ब्याज तिरिरहेका कर्जावाललाई आगामी असारसम्म ब्याज अतिरिक्त अन्य प्रकारका हर्जनाहरू नलगाउने व्यवस्थासमेत नेपाल राष्ट्र बैंकको यस मौद्रिक नीतिको त्रैमासिक समीक्षाले व्यवस्था गरेको छ ।
यसबाट बैंकहरूबाट ऋण लिएर कारोबार गरिरहेका र नियमित रूपमा ब्याज तिरिरहेका तर सावा चुक्ता गर्न नसकिरहेकालाई केही राहत हुने निश्चित छ । मुद्राको व्यवस्थितीकरण गर्न बेलाबेलामा नेपाल राष्ट्र बैंकले यस्तो मौद्रिक नीति ल्याउने गर्छ । अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको बेला हालै ल्याइएको यस मौद्रिक नीतिको विशेष महत्व छ । हालै ल्याइएको मौद्रिक नीतिले बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ । यस नीतिले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरूलाई ऋण चुक्त गर्न परिरहेको कठिनाइलाई विचार गरेर औचित्य र आवश्यकताका आधारमा चुक्ता गर्न सक्ने व्यवस्था गरेको छ ।
मौद्रिक क्षेत्रमा लचिलोपन ल्याइएको यस मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका कठिनाइहरूलाई सहज बनाउन लचकता अपनाइएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । होटल तथा रेस्टुरेन्ट, पशुपक्षी पालनलगायत क्षेत्रका वास्ताविकता आवश्यकता र औचित्यको निर्धारण गरी ती क्षेत्रमा वास्तविक रूपमा पर्न गएको कठिनाइ पहिचान गरेर ऋणको चुक्ता अवधि लम्ब्याउने गरी व्यवस्था गरिएको यस मौद्रिक नीतिका कारण ती-ती क्षेत्रका व्यवसायी तथा कारेबारीलाई राहत पुग्न जाने कुरालाई नकार्न मिल्दैन । यसरी समग्रमा भन्दा नेपाल राष्ट्र बैंकबाट हालै जुन मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरिएको छ । यसबाट बिग्रँदै गएको आर्थिक क्षेत्रमा केही मात्रामा सुधार हुने अपेक्षा गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच