प्रतिनिधिसभाको कार्यसुचीमा एक बुदाँ थपियो, यस्तो छ नयाँ कार्यसुची

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ ।

संघिय संसद  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक बिषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ ।

जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ ।

प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेको छ ।  बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएको थियो ।

यसअघि सार्वजनिक भएको कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख  थियो ।

जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषाेत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिनुभयाे ।

बस्नेतको गत २०८० बैशाख २९ गते ७८ बर्षको उमेरमा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?