घोराही-तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज

विवेक खड्का दाङ, संवाददाता
Read Time = 2 mins

दाङ । लामो समयदेखि भारतीय कम्पनीले अलपत्र पारेको दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माणको सम्झौता खारेज भएको छ

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले दाङको फोरलेन सडकको सम्झौता तोडिएको बताउनु भएको छ ।

रेडियोे मध्यपश्चिमको १७ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले फोरलेन सडक ठेक्का सम्झौता रद्ध गरिएकोे बताउनुभयो । भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणको जिम्मा लिएर चारवर्षदेखि अलपत्र पारेकाले नेपाल सरकारले उक्त निर्माण कम्पनीको ठेक्का सम्झौता रद्ध गरी नयाँ प्रक्रिया थाल्न  लागेको बताउनुभयो ।

सडक निर्माणको नयाँ निर्माणको काम नहुँदासम्म अलपत्र परेको फोरलेन सडकको बिग्रे भत्किएको ठाउँमा नेपाल सरकारले मर्मत सम्भार गर्ने बताउनुभयो ।

भारतीय निर्माण कम्पनीले फोरलेन सडक निर्माणका नाममा अलपत्र पारेकाले फोरलेन सडक निमाण ठेक्का सम्झौता नेपाल सरकाले रद्ध गरेको उहाँले वताउनुभयो । मन्त्री शर्माले उक्त अवसरमा नेपाल सरकार अहिले सुशासन पक्षमा दृढताका साथ उभिएर मुलुकलाई समृद्धिको बाटोमा डोहो¥याउन खोजेको बताउनुभयो ।

जसका लागि नेपाल सरकारले नक्कली भुटानी शरणर्थी प्रकरणमा मुलुकको नीति निर्माण तहका व्यक्तिहरुले उक्त प्रकरणको अभियोगमा मुछिरहेकाले सत्यतथ्य छानविन हुने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?