१८ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियाविरुद्ध हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ । मलेसियाको युकेएम ओभलमा हुने सिरिजका लागि स्याम्सनजंग थापाको प्रशिक्षणमा नेपाली टोलीको घोषणा गरिएको हो ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको टोलीमा कृतिका मरासिनी, सृष्टि जैशी, सोनी पाख्रिन र सम्झना खड्काले टोलीमा स्थान बनाउनुभएको छ । त्यस्तै, अनुभवी अलराउण्डर सरस्वती चौधरी पनि टोलीमा फर्किनुभएको छ ।

घोषित टोलीमा रुविना क्षेत्रीसँगै सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, संगीता राई, विन्दु रावल, ममता चौधरी, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासिनी, सम्झना खड्का, सोनी पाख्रिन, ईश्वरी विष्ट, सृष्टि जैशी र सरस्वती चौधरी रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?