काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबुल टेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ । नेपालले यू-१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जनाउनुभएको छ । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउण्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
नेपालले बंगलादेशलाई ३-० तथा माल्दिभ्सलाई ३-२ ले पराजित गरेको थियो । श्रीलंकासँग भने नेपाल ३-१ ले चुक्यो । नेपालबाट सुजल गदाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गर्नुभएको थियो । अखिल नेपाल टेबुल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले युथको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलोपटक स्वर्ण जितेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच