काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भए इतिहासले माफी नदिने टिप्पणी गर्नुभएको छ ।
मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. रावलले उच्च तहबाट षड्यन्त्र भइरहेको समाचार आएका बताउँदै यस्तो टिप्पणी गर्नुभएको हो ।
‘नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षड्यन्त्र भइरहेको समाचार छ । राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानून र शासन प्रणाली मिच्ने आपराधिक कर्म हुनेछ । इतिहासले माफी दिने छैन,’ उहाँले लेख्नुभएको छ ।
शरणार्थी प्रकरणमा हालसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत १३ जना पक्राउ परेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका