जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलंगाबजारदेखि पातारासी गाउँपालिकातिर जाँदै गरको क १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चन्दननाथ-१० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको हाे ।

अटोरिक्सा पातारासी-७ स्थित कोटाभीरमा दुर्घटनामा परेको हो । न्यौपानेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइसकेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी ३ का ४२ वर्षीय कृष्ण बोहोरा घाइते हुनुभएकाे छ । उहाँको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

अटोचालक चन्दननाथ नगरपालिका तलिउमका गोविन्द सार्की प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । अटोरिक्सामा तीन जना यात्रु रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?