म्यान्मारमा मोखा आँधीले ६ को मृत्यु, २० हजार भन्दा बढी शिविरमा आश्रित

हिमालय टाइम्स
Read Time = 1 min

ढाका । म्यान्मारमा मोखा नामक आँधिवेहोरी कारण ६ जनाको मृत्यु भएको छ

सो आँधिबेहोरीमा परी झन्डै २० हजार मानिसले शिविरहरुमा आश्रय लिईरहेका छन् ।

यसैबिच, म्यानमारको पश्चिमी तटमा ३।६ मिटर गहिरो समुद्री पानीमा फसेका करिब १ हजार मानिसहरूलाई  उद्धारकर्ताहरूले निकालेका छन् ।

म्यान्मारमा आएको एक शक्तिशाली चक्रवातले सयौं घाइते भएका छन भने सो क्षेत्र आसपासको सञ्चार सेवा अवरुद्ध भए पछि कति जनाको मृत्यु भएको तथा घाइते भएको अझै खुल्न सकेको छैन ।

उता, सिट्वेमा रहेको राखाइन युवा परोपकारी संघका अगुवाका अनुसार सिट्वे टाउनशिपको उच्च भूभागमा रहेका मठ, प्यागोडा र विद्यालयजस्ता मजबुत भवनहरूमा आश्रय लिइरहेका करिब २० हजार मानिसहरू मध्ये ७ सय जना भन्दा बढी मानिसलाई शक्तिशाली हावाले घाइते बनाएको छ।

‘हिजो साँझ ४ बजेपछि हावाहुरी अलिकति कमजोर भए पनि पानी कम भएन । धेरैजसो रातभर आफ्नो घरको छत र अग्लो ठाउँमा बसे। रातभर हावा चल्यो,’ उनले एपीसँग भने। ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?