ग्रिनल्याण्ड, भ्याली पब्लिक र गोल्डेन पिकलाई बिएनए कप

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ग्रिनल्याण्ड, भ्याली पब्लिक र गोल्डेन पिकले छैटौँ बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ग्रिनल्याण्ड सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र गोल्डेन पिक जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बसुन्धरास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बिएनए) को कोर्टमा भएको सिनियर ब्वाइजको थ्री बाई थ्री फाइनलमा ग्रिनल्याण्डले भ्याली पब्लिकलाई १७-१२ ले पराजित गर्‍यो । ग्रिनल्याण्डका सुरेश बिसीले नौ अंक जोड्नुभयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले पृथ्वीलाई ३०-२१ ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले १७ स्कोर गर्नुभयो । जुनियर ब्वाइजमा च्याम्पियन बन्ने क्रममा गोल्डेन पिकले फाइनलमा एन्जल्स हार्टलाई २४-१७ ले पाखा लगायो । गोल्डेन पिकका अमन गुरुङले ७ अंक बटुल्नुभयो ।

सिनियर ब्वाइजमा ग्रिनल्याण्डका प्रवीण गुरुङ, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा गोल्डेन पिकका अमन गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा ग्रिनल्याण्डका सुरेश बिसी तथा सिनियर गल्र्समा पृथ्वीकी दावा ल्हामो गुरुङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिनुभयो । सिनियर ब्वाइजमा भ्याली पब्लिकका अनमोल गुरुङ (६७ अंक), सिनियर गल्र्समा भ्याली पब्लिककी मुस्कान गुरुङ (४२ अंक) र जुनियर ब्वाइजमा एन्जल्स हार्टका रूपेश पौडेल (२२ अंक) सर्वाधिक स्कोरकर्ता बन्नुभयो ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी र थकिनकुमार गुरुङ, टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम गौतम, आयोजक बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

साताव्यापी प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२-१२ गरी जम्मा ४८ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेको बिएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?