रुविना शीर्ष सयमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्री टी-ट्वान्टी बलिङतर्फको वरीयतामा शीर्ष १०० भित्र अटाउनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा रुविनाले आफ्नो वरीयतामा सुधार गर्दै एक सयौं स्थानमा रहनुभएको छ ।

बलिङतर्फ नै कविता कुँवर र सीता राना मगर यथावत् रहनुभएको छ । नयाँ वरीयताअनुसार कविता ९३औँ तथा सीता ९७औँ स्थानमा कायमै रहनुभएको छ । ब्याटिङतर्फ भने सीता राना मगर ६९औँ स्थानमा यथावत् रहनुभएको छ ।

बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्याण्डकी सोफी एक्लेस्टोन हुनुहुन्छ । ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ शीर्षस्थानमा हुनुहुन्छ । महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १६औँ स्थानमा यथावत् रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?