‘नम्बरी सुन’ को शीर्ष गीत सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । आगामी भदौ १ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गरिएको लोक शैलीको गीतमा राजेश पायल राई र शान्तिश्री परियारको स्वर छ । सन्तोष श्रेष्ठको संगीत तथा नारायण खातीको शब्द रहेको गीतको भिडियोमा गौरव पहारी र नम्रता श्रेष्ठलगायत कलाकारलाईफिचरिङ गरिएको छ । चलचित्रमा गौरव र नम्रतासँगै सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ ।

शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको चलचित्र सुवर्ण शिभान्स फिल्मस्को व्यानरमा निर्माण भएको हो । चलचित्रको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल हुनुहुन्छ ।राजु गिरीको निर्देशन रहेको चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतम राज खड्काको सम्पादन छ । चलचित्रकोे छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?