यस सिजनमा सगरमाथा पुग्ने पाँच पुगे, मोल्दोभानका एक आरोहीको भने निधन

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा मोल्दोभानका एक आरोहीको मृत्यु भएको छ ।

यस सिजनको लागि सगरमाथामा पुग्ने प्रयास गरिरहेको बेला मोल्दोभानका एक आरोहीको मृत्यु भएको हो । तर, उनको पुर्ण विवरण भने आईसकेको छैन ।

‘ती आरोहीको आज बिहान तीन बजे शिविरमै मृत्यु भएको हो, हामी थप विवरण लिन प्रयास गरिरहेका छौं, पर्यटन विभागका अधिकारी युवराज खतिवडाले भन्नुभयाे।

यसैगरी, समाचार संस्था एपीका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजनमा सगरमाथा आरोहण गर्नेको सङ्ख्या पाँच पुगेको छ ।

आज मात्रै कामीरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर आफ्नै विश्वकिर्तिमान तोड्न सफल हुनुभएकाे छ ।

नेपाली पर्वतारोही कामीरिता शेर्पाले बुधबार २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेर विश्वको सर्वोच्च शिखर सगरमाथाको कीर्तिमान कायम गर्नुभएकाे हाे ।

आजै पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले पनि सगरमाथामा सफल आरोहण गर्नुभएकाे छ । उहाँ यति समुहका अध्यक्षसमेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?