जुम्ला । सिंजाको परम्परागत संस्कृति प्रवर्द्धन गर्नका लागि जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा खाना महोत्सव सम्पन्न भएको छ । सिंजा गाउँपालिकाको व्यवस्थापक र मार्क्सवादी ज्ञान केन्द्र केन्द्रीय समितिको आयोजना र मार्क्सवादी ज्ञान केन्द्र कर्णाली प्रदेशको सह-आयोजनामा सिंजाको संस्कृति प्रवर्द्धनका लागि यहाँको परम्परागत संस्कृतिक खाना महोत्सव फुड फेस्टिबल कार्यक्रम मंगलबार सम्पन्न भएको सिंजा गाउँपालिका प्रवक्ता तिर्थ वडले जानकारी दिनुभयो ।
स्थानीय खाना संस्कृतिको प्रवर्द्धन गरि आयआर्जनसँग जोड्न प्रोत्साहन गरि यहाँको रैथाने खानाको संरक्षण गर्ने उद्देश्यले नेपाली खस भाषाको जन्म थलो सिंजामा सोमबार र मंगलबार गरि दुई दिनमा खाना महोत्सवको आयोजना गरेको गाउँपालिका प्रवक्त वडले बताउनुभयो । खाना महोत्सव कार्यक्रममा गाउँपालिका छ वटै वडाका स्थानीयवासिका रैथाने बालीका विभिन्न स्टलमा स्थानीय खानाका परिकारहरु राखिएकाे थियाे ।
पहिलो पटक आफ्ना परम्परागत अर्गानिक खानाका परिकार महोत्सवमा राख्न पाउदाँ स्थानीयवासिमा खुसी छाएको छ । अर्गानिक खानाका सजावट मात्रै होईन स्थानीय देउडा, झोडा, चुटकिलाबाट रैथाने बालीबाट बन्ने खानाको प्रचार प्रसार गरेको सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाको भनाइ छ । रैथाने खानाको प्रवर्द्धनका लागि यो खाना महोत्सवले किसान उद्यमीदेखी स्थानीयवासिलाई संरक्षणका महत्वपूर्ण भुमिका खेलेको छ ।
अगामी दिनमा त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने उपाध्यक्ष रोकायाले बताउनुभयो । सिंजाको खस पहिचानदेखी यहाँको अर्गानिक बालीको संरक्षण गर्नेका लागि स्थानीय सरकारको विशेष प्रथामिकतामा राखेर काम गर्नुपर्ने स्थानीयवासि माया आचार्यले बताउनुभयो । जुम्लाको रैथाने बालीको संरक्षण गरि आर्थिक आयआर्जनमा बृद्धि गर्न सके आन्तरिक पर्यटनको रोजाइमा रैथाने खाना पर्ने मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विश्वेश्वर कट्टेलको भनाइ छ । महोत्सवमा कोदो फापर, मकै, भट्टमास, चिनु, कागुनु मकैका परिकार, खरायोकाे मासु समेत स्टलमा राखिएको सिंजा गाउँपालिको कृषि शाखाले जनाएको छ । सिंजाको अर्गानिक खानालाई महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनसंग जोड्नका लागी सहयोग पुगेको मार्क्सवादी ज्ञान केन्द्रका कर्णाली प्रदेशका अध्यक्ष जयशंकर धितालले बताउनुभयो । मार्क्सवादी केन्द्रले सिंजा सहित सात वटा प्रदेशका करिब दश वटा स्थानमा संस्कृतिक खाना महोत्सव सम्पन्न गरेको मार्क्सवादी ज्ञान केन्द्रले जनाएको छ ।
सिंजा गाउँपालिका सम्भावनाले मात्रै होइन, आफैंमा ऐतिहासिक ठाउँ पनि हो । यहाँ थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरू छन् । यो खस आर्यहरूको ऐतिहासिक थलोका रूपमा समेत परिचित छ । यहाँ ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल केदारनाथ मन्दिर, खस राजाले निर्माण गरेका मठमन्दिर यहाँका लोकप्रिय पर्यटकीयस्थल हुन् ।
भने खस भेषभूषा पहिचानका यहाँका देउडा संस्कृतिको विकास जसमा दौरा-सुरुवाल, पटुका, टोपी, आजको नेपाली खाना, हाटबजारको विकास, दमाहाका बाजा मुख्य चिनारी हुन् । राजा नागराजले स्थापना गरेको यो सिंजा राज्यले ११ औँ देखि १६ औँ शताब्दीसम्मको अवधिमा सिंजा शक्तिशाली साम्राज्यका रूपमा चर्चित थियो । नेपाली भाषाको उत्पत्तिसमेत रहेको सिंजा खस राजवंशकोे राजधानीका रूपमा चिनिन्थ्यो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका