हेटौँडामा बोलेराेको ठक्करबाट बालकको मृत्यु

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मकवानपुरको हेटौँडामा बोलेरोको ठक्करबाट बुधबार एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा– ११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाएको छ ।

उनलाई हेटौँडा– ११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिक–अप गाडीले ठक्कर दिएको थियो ।

पिकअपको ठक्करबाट घाइते भएका लोको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?