गहिरो अध्ययन भयो भने जुनसुकै काम गर्न सजिलो नै हुन्छ : मीन रावल

गीता अधिकारी
Read Time = 10 mins

सानै उमेरदेखि नेपाली कला क्षेत्रमा केही गर्छु भनेर रुचि राख्ने मीन रावल यतिबेला एक सफल भिडियो सम्पादकको रूपमा चिनिनुहुन्छ ।
बुबा भीम रावल र आमा बिर्मादेवी रावलको कोखबाट विसं २०५३ सालमा जन्मिनुभएका मीन रावल म्युजिक भिडियो सम्पादकसँगै एक राम्रो डान्सर, मोडेल पनि हुनुहुन्छ । उहाँले हालसम्म आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ । रावले विसं २०७४ सालदेखि यस क्षेत्रमा चर्चित गायक संगीतकार चक्र बम र मोडेल भीम खड्का अभिनित गीत ‘माला उइनी’ गीतबाट भिडियो सम्पादनको यात्रा सुरु गर्नुभएको थियो । हालसम्म विष्णु माझी, प्रमोद खरेल, अञ्जु पन्त, मेलिना राई, रामजी खाँड, एलिना चौहान, चक्र बम, रेखा जोशी, जुनु रिजाल काफ्ले, शान्तिश्री परियार, नेत्र भण्डारी, रोशन सिंहलगायत नेपालका थुप्रै गायक, गायिकाको तीन सयभन्दा बढी भिडियोहरू सम्पादनको काम गरिसक्नुभएका उहाँले पाँच पटकसम्म नेशनल अवार्ड पाइसक्नुभएको छ । एकपछि अर्को सफल्ता हात पार्दै आउनुभएका मीन रावलसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानी संक्षिप्त अंशः-

अहिले केमा व्यस्त हुनुहुन्छ ?
नियमित काम भिडियो सम्पादन, कलर ग्रेडिङ र ग्राफिक्समै व्यस्त छु ।

यो पेशामा के कुराले तान्यो ?
म कोरियन भाषा पढेर कोरिया जानुपर्छ भन्ने सोच लिएर कैलालीको गोदावरी नगरपालिका-६ लालपुरबाट सपनाको शहर काठमाडौंमा भित्रिए । मेरो साथी गायक प्रवेष दाहाल र गायक तथा मोडेल प्रिय दाइ चक्र बमसँग काठमाडौंमा बस्दै गर्दा विदेश होइन बरू नेपालमै म्युजिक भिडियो सम्पादनको काम सिकेर नेपाली गीतसंगीत क्षेत्रमै सम्पादनको काम गरे राम्रो हुन्छ भन्ने सल्लाह पाए । र, सानै उमेरदेखि गीतसंगीतमा रुचि राख्ने भएर होला भिडियो सम्पादनको क्लास लिन जमल जान्थे, अहिले यो क्षेत्रमै साइराम पिक्चर्स कम्पनीमा म्युजिक भिडियो सम्पादनको काम गरिरहेको छु ।

हालसम्म कति जति सिर्जनामा काम गर्नुभयो होला ?
हालसम्म संख्यात्मक हिसाबले मैले सम्पादन र कलर ग्रेडिङ गरेका टेलिफिल्म, म्युजिक भिडियो र डकुमेन्ट्री गरेर सयौं दर्जनभन्दा धेरै नाघ्यो होला ।

सम्पादन र कलर ग्रेडिङ गर्न गाह्रो छ ?
हरेक कर्म गर्न गाह्रो त गाह्रो नै हुन्छ, भिडियो सम्पादन र कलर ग्रेडिङमा चाहिँ सबैभन्दा ठूलो अध्ययन र मिहिनेत हो । र, हरेक कुराको गहिरो अध्ययन भयो भने जुनसुकै काम गर्न सजिलो हुन्छ ।

आफ्नो हिक्मत, परिश्रम, लगनशील र इमानदारी नै महान् हुनपुग्छ, ती समस्या र चुनौती सबै फिक्का लाग्छन् । हरेक कर्म गर्न गाह्रो त गाह्रो हुन्छ, भिडियो सम्पादन र कलर ग्रेडिङमा चाहिँ सबैभन्दा ठूलो अध्ययन र मिहिनेत हो । र, हरेक कुराको गहिरो अध्ययन भयो भने जुनसुकै काम गर्न सजिलो हुन्छ ।

कस्ता समस्या र चुनौतीको सामना गर्नुपर्‍यो ?
समस्या र चुनौती भन्ने बितिकै मलाई एउटा कुराको सधैं याद आउँछ । म विगत यो क्षेत्रमा करिब २०७४ सालदेखि छु, त्यो बेला म जतिखेर सम्पादन र कलर ग्रेडिङ सिकेर यो क्षेत्रमा आउँदै गर्दा आधिकारिक रूपमा काम गर्न पाएको थिइन । त्यसैले कुनै आफूभन्दा लामो समयदेखि यो क्षेत्रमा काम गर्दै आउनुभएका अग्रजसँग हेरेर केही परामर्स लिनु पर्‍योभन्दा आफ्नो छेउमा बस्न दिनुहुन्न थियो । त्यसैले धेरै दुःख लाग्थ्यो तर आफ्नो हिक्मत, परिश्रम, लगनशील र इमानदारी नै महान् हुनपुग्छ । ती समस्या र चुनौती सबै फिक्का लाग्छन् ।

तपाईंले काममा कम्परमाइज गर्नुपरेको छ ?
काममा कम्परमाइज जुनसुकै काममा नि गर्नुपर्ने हुन्छ । तेस्तै हाम्रो सम्पादनको काममा पनि हुन्छ । कुनै गीतको भनेको जस्तो बजेट छैन अलि मिलाएर गरी दिनुहोस् भनेर रिक्वोइष्ट गर्नुहुन्छ त्यो पनि मिलाउनै पर्ने हुन्छ । र, कैलेकाही काम गर्दै जाँदा कथा गीतसँग नमिलेको हुँदा सम्पादनमा मिलाउनुपर्ने हुन्छ कैले काहीँ छायांकन पार्टमा नि मौसमले गर्दा लाइट न मिलेको हुँदा कलरमा मिलाउनुपर्ने चुनौती आइरहेका हुन्छन् । हामीले ती चुनौतीलाई मिलाएर अवस्था हेरेर कम्परमाइज गर्दै लैजानुपर्ने हुन्छ ।

यो क्षेत्र नै किन रोज्नु भयो ?
सानैदेखि गीतसंगीतमा अत्यधिक रुचि चासो राख्ने भएर पनि होला यो क्षेत्रले तानेको ।

मीन रावल के हो ?
मीन रावल आफैंमा एक मिहिनेति व्यक्ति हो, त्यसपछि एक सफल भिडियो सम्पादक र कलरिष्ट ।

सम्पादनबाहेक तपाईंको रुचि ?
भिडियो कलर ग्रेडिङ सम्बन्धित नयाँ-नयाँ खोज र नयाँ-नयाँ ठाउँ घुम्न, ड्राइभिङ गर्नमा रुचि राख्छु ।

तपाईंले पाउनु भएका सम्मान, पुरस्कार ?
यो स्थानसम्म आइपुग्दा पाएका केही सम्मान पुरस्कारहरूमा तेस्रो इपिक म्युजिक अवार्ड २०७८, प्रियसि नेसनल अवार्ड २०७९, तेस्रो नेशनल काठे लोक दोहोरी म्युजिक अवार्ड २०७९, चौथो ज्योति फिल्मस म्युजिक अवार्ड २०७९ (गीत, नीरीमयाको), तेस्रो हिमालयन इन्टरनेसनल म्युजिक अवार्ड २०७९ (गीत, मायाले चलेन संसार)लगायत छन् । यस्तै, केही संघसंस्थाबाट सम्मानित पनि भएको छु ।

सम्पादन गर्दा के कस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ ?
सर्व प्रथम गीतको कथा वस्तुलाई अध्यन गर्नुपर्‍यो, निर्देशनको इसारा अनुसार गीतको कथा वस्तु मिलाउनुप¥यो, भिडियो बिटमा कटिङमा ध्यान दिनुपर्छ साथै भिडियो गीत अनुसारको सुहाउने कलरमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ, अनि बल्ल आएर एक सफल भिडियो बन्छ ।

यो क्षेत्रमा लागेर के पाएजस्तो लाग्छ ?
यो क्षेत्रमा लागेर पेशाभन्दा पनि सबैबाट सम्मान र इज्जत पाएको छु ।

हालसम्म आफूले सम्पदन गरेमध्येको मनपरेको आफ्नो काम ?
आफूले गरेका सबै काम उत्तिनै राम्रो र प्यारो हुन्छन् तर पनि ती काम मध्येमा मलाई मन परेका केही कामहरूमा ‘बिन्ती बिसाई पाउमै छोयर, यो भाग्यमा रैनछौ, भोलि छुटेर रुनुभन्दा, नीरीमयाको, तिमी र म एउटै हुने हो, मायाले चलेन संसार’लगायत ।

अन्त्यमा ?
मेरो कामको मूल्यांकनगरी काम सुम्पिनु हुने सम्पूर्णमा धन्यवाद साथै मेरो कामलाई हेरेर मनपराइ दिनुहुने भगवानरूपि दर्शकहरू मा हृदयदेखि नमन । तपाईंहरूको माया, साथ, सपोटले आज यो स्थानमा छु, जे छु तपाईंहरू सम्पूर्ण कै कारणले छु । तपाईंहरूको यस्तै निरन्तर माया साथ सपोट हौसल्ला पाउने अपेक्षामा रहने छु । जय गीत, जय संगीत ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?