बीस बर्ष अघि बलात्कार मुद्दाका दोषी पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । २० बर्ष अघि जबरजस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका-२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० बर्ष पछि पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० बर्ष पछि शाक्यलाई उनकै घरवाट पक्राउ गरी जिल्ला कारागार पठाईएको छ । उहाँका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजायँ तोकेको थियो ।

तर, सो सजायँ तोकेको भए पनि उनी भने २० बर्ष देखी फरार रहदैँ आएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?