पाल्पा । पाल्पाको तानसेनमा ३३ वर्ष यता राष्ट्रियस्तरका खेलहरु खासै हुन सकेनन् । २०४७ सम्म थुप्रै राष्ट्रियस्तरका प्रतियोगिताहरु भए पनि आर्थिक अभावका कारण त्यस यता हुन सकेनन् । विगत तीन वर्ष यतादेखि भने छिट्टफुट्ट खेलहरु हुुन थालेका छन् । २०७८ मा पहिलो पटक रानीमहलको प्रांगणमा राष्ट्रियस्तरको बिच भलिबल प्रतियोगिता भएको थियो ।
अघिल्लो वर्ष सञ्जय मेमोरियल फाउन्डेसनले महिलाहरुको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको थियो भने यस वर्ष पुरुषतर्फको राष्ट्रिय बिच भलिबल प्रतियोगिता गरेको छ । यसले आझेलमा परेको तानसेनको खेलकूदलाई भने केही हदसम्म भए पनि जुर्मराउँन सहयोग रेको छ ।
अहिले पाल्पाको रानीमहललाई बिच भलिबल केन्द्रको रुपमा घोषणा समेत गरिएको छ । रानीमहल क्षेत्रमा पर्ने तानसेन नगर सरकार र बगनासकाली गाउँ सरकारले यहाँको क्षेत्रलाई ‘बिच भलिबल’ को केन्द्रका रुपमा घोषणा गरिसकेका छन् । निरन्तर बिच भलिबल प्रतियोगिता हुन थालेपछि यस क्षेत्रलाई बिच भलिबलको केन्द्रको रुपमा घोषणा गरिएको हो । रानीमहललाई खेल र पर्यटनसँग जोड्न नेपालमै पहिलो पटक ‘बिच भलिबलको केन्द्र’ घोषणा गरिएको छ । यहाँ खेल प्रतियोगिता आयोजना गर्न प्रशस्त सम्भावना समेत रहेको छ ।
यस वर्ष तानसेनको टुुँडिखेलमा राष्ट्रियस्तरको खेलकूूद प्रतियोगिता हुुन लागेको छ । पाल्पा फुटबल संघले जेठ १२ देखि २७ गतेसम्म कर्णेल उजी सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता गर्न लागेको हो । २०४७ मा शहिद स्मृति रनिङ्ग शिल्ड प्रतियोगिता भए पनि त्यस यता प्रतियोगिता हुन सकेको थिएनन् । ०४७ साल अघि तानसेनमा मणिमुकुन्द गोल्ड कप हुने गर्दथ्यो । यो खेल २०३५ देखि २०४२ सम्म सञ्चालन भएपनि त्यस यता हुुन नसकेको पाल्पा फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताउनुभयो । उहाँका अनुसार करिब ५ वर्षसम्म मणिमुकुन्द गोल्ड कप रोकिएको थियो । त्यसपछि शहिद स्मृति रनिङ्ग शिल्ड भएको हो । त्यस यता भने प्रतियोगिता हुन नसकेको संघका अध्यक्ष राणाले बताउनुभयो । आर्थिक स्रोत अभावले लामो समय राष्ट्रियस्तरका खेल हुन नसकेको उहाँको भनाई छ । अहिले आएर पाल्पा फुटबल संघले पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता गर्न लागेको छ । फुटबल खेललाई राष्ट्रियस्तरसम्म पु¥याउने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्जा, कास्की, चितवन र काठमाडांैका गरी १६ टिमहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने छ ।
तानसेनलाई खेलको मुख्य केन्द्र बनाउने गरी योजना अगाडि बडढाइएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुु भयो भन्नुभयो ‘अहिले हामीले रानीमहल क्षेत्रलाई ‘बिच भलिबल’को हब बनाएक छौं, अगामी दिनमा तानसेनलाई नै बनाउने छौं ।’
जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लाामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको बताउनुभयो । राष्ट्रियस्तरका प्रतियोगिताले सुस्ताउँदै गएको अर्थतन्त्रमा सुधार हुनेमा उहाँले विश्वास व्यक्त गर्नु भयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका