भूटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै नेकपा एसको प्रदर्शन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै नेकपा (एकीकृत समाजवादी) ले प्रदर्शन गरेको छ ।

सत्ता साझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो ।
बिहीवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ पार्टीले भ्रष्टाचारबिरुद्ध गरेको हो । प्रदर्शनका क्रममा उनीहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् ।

प्रदर्शनमा पार्टीका उपमहासचिव जगन्नाथ खतिवडा सहितका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?