कर्नाटक मुख्यमन्त्रीको पद सम्हालदै सिद्धारमैया

Read Time = 1 min

नयाँदिल्ली । कर्नाटक राज्यको मुख्यमन्त्रीमा सिद्धारमैया र उपमुख्यमन्त्री शिवकुमार हुने निश्चित भएको छ । कर्नाटकमा मुख्यमन्त्रीका विषयमा लामो समयदेखि विवाद चलिरहेको थियो । भारतीय कांग्रेसले बहुमत ल्याएपछि सो पार्टीले मुख्यमन्त्री र उपमुख्यमन्त्री बनाउन लागेको हो । मुख्यमन्त्री को हुने भन्ने विषयमा केही दिनदेखि यहाँ विवाद चलिरहेको थियो । डिके शिवकुमारले मुख्यमन्त्रीका दाबी छोडनुभएको थिएन ।

यहीबीचमा कांग्रेस आईकी नेतृ सोनिया गान्धीले ७५ वर्षीय सिद्धारमैयालाई मुख्यमन्त्रीको प्रस्ताव अगाडि सारेपछि शिवकुमार पहाडि हटनुभएको हो । तर, उहाँले आफू आधा कार्यकाल मुख्यमन्त्री हुनुपर्ने अडान भने छाडनु भएको छैन । शपथ ग्रहण २० मे मा हुने जनाइएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?