‘वरिष्ठ बलराम’मार्फत आउँदै दिव्या

Read Time = 1 min

काठमाडौं । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी नेपाली चलचित्रमा डेब्यु गर्ने हुनुभएको छ । रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्र ‘वरिष्ठ बलराम’मार्फत उहाँ अभिनयमा भित्रिन लाग्नु भएको हो । सुरेन्द्र पौडेलको निर्देशन रहने यो चलचित्रलाई निर्माणमा रोहितलाई ओएसआरले सहकार्य गर्दैछ ।

दिव्या लामो समयदेखि परिवारसँग अमेरिकामा बस्दै आउनुभएको छ । चलचित्रका लागि उहाँ अर्को महिना नेपाल आउँदै हुनुहुन्छ । दशैँपछि छायांकनमा निस्किने चलचित्रमा दिव्याले अभिनेता खगेन्द्र लामिछानेसँग जोडी बाधिनेछ । चलचित्रको पटकथा खगेन्द्र स्वयंले तयार पार्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?