पाँच बालपुस्तक लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पाँचवटा बालपुस्तक एकसाथ लोकार्पण गरिएको छ । ‘टेल्स एण्ड लाइज’ शृंख्लाअन्तर्गत विभिन्न लेखकले लेखेका पाँचवटा बालपुस्तक ‘बेखामान र राक्षस’, ‘सांकेनको खुल्दुली’, ‘अन्नको बखान’, ‘कपासको घोडा’ र ‘जन्तर मन्तर’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा सार्वजनिक गरिएको हो ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, थाङ फाउण्डेशनकी अध्यक्ष मार्लिन फिसर भरबुक, कथावाचक समाजका अध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे, नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिज र ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्र थुम्केलीले छुट्टाछुट्टै पुस्तक लोकार्पण गर्नुभएको थियो ।

‘बेखामान र राक्षस’ पुस्तक विक्रमभक्त जोशीले लेख्नुभएको हो । यसमा चित्रकार शोभितमान बानियाँले चित्रांकन गर्नुभएको छ । अर्काे बालपुस्तक ‘जन्तर मन्तर’ की लेखक बिन्दु शर्मा हुनुहुन्छ । उहाँको लेखनमा चित्रकार एलिना छन्तेलको चित्रांकन छ । ‘कपासको घोडा’ बालपुस्तक इन्द्र चौधरीले लेख्नुभएको हो । यसमा चित्रकार प्रकाश रञ्जितको चित्रांकन छ ।

यस्तै, ‘अन्नको बखान’को लेखन जितेन्द्र बस्नेतले गर्नुभएको छ । यसमा चित्रकार सुमन महर्जनले चित्रांकन गर्नुभएको छ । अर्काे पुस्तक ‘सांकेनको खुल्दुली’का लेखक सिर्जना राई हुनुहुन्छ । यसमा चित्रकार सुरज राईले चित्रांकन गर्नुभएको छ । सबै पुस्तकको सम्पादन बाल कथाकार अनुराधाले गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?