सुन्दर अटोको ‘गन्तव्य’ इभी बाइक

Read Time = 1 min

काठमाडौं । सुन्दर अटो इञ्जिनियरिङले गन्तव्य इभी १००-एस मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नै डिजाइनमा उक्त इलेक्ट्रिक मोटरसाइकल निर्माण गरेको हो । गन्तव्य मोटरसाइकल नेपालको प्रविधि र स्रोतसाधनको प्रयोग गरी निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । उक्त मोटरसाइकलमा ३० देखि ४० प्रतिशत सामग्री नेपाली र बाँकी अन्य देशबाट ल्याएर तयार गरिएको उहाँले जानकारी दिनुभयो ।

गन्तव्य मोटरसाइकलमा १५ सय वाटको मोटर र ५१.२ भोल्टेजको ब्याट्रीको जडान भएको छ भने बाइकको अधिकतम् गति २४ देखि ५५ किलोमिटर प्रतिघण्टा रहेको छ । बाइकको रेन्ज भने एक सयदेखि एक सय २० किलोमिटर रहेको छ । ग्राउण्ड क्लियरेन्स एक सय ५० मिलिमिटर छ । थापाका अनुसार गन्तव्य इभी १०० एसको मूल्य दुई लाख ५० हजार रुपैयाँ रहेको छ तर एक महिनाभित्र खरिद गर्ने ग्राहकले दुई लाख ४० हजार रुपैयाँमै पाउन सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?