तनहुँका पूर्व जिल्ला सभापति भट्टराईको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेस तनहुँका पूर्व जिल्ला सभापति बद्री हरि भट्टराईको निधन भएको छ । ७७ वर्षको उमेरमा बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको हो । उहाँ व्यास नगर कार्यसमितिका पूर्व सभापति र नेपाल प्रजातन्त्र सेनानी संघका निवर्तमान केन्द्रीय सदस्यसमेत रहनुभएको थियो ।

उहाँले २०२९ सालमा तरुण आन्दोलनमा गिरफ्तार भई दुई वर्ष जेल जिवन बिताउनुभएको थियो । त्यसपछि पनि उहाँ पटक-पटक गिरफ्तार हुनु भएको थियो । स्वर्गीय भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?