काठमाडौं । बर्खास्तीमा परेको दोस्रो दिन कोशी प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव हंशराज वाग्लेलाई अदालतले पुनर्वहाली गरेको छ । सामाजिक विकास मन्त्रालयले बर्खास्त गरे पनि वाग्लेले उच्च अदालत मोरङमा रिट दायर गरेका थियो । शुक्रबार वाग्लेलाई पुनर्वहाली गर्न उच्च अदाललतले सामाजिक मन्त्रालयलाई अन्तरिम आदेश दिएको हो ।
अदालतले आउँदो बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो ।
गत वैैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको व्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै उहाँलाई मन्त्रालयले दुईपटक स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै वाग्लेलाई बर्खास्ती गरिएको थियो । तर वाग्लले भने राजनीतिक प्रतिशोधका आधारमा आफूलाई हटाइएको भन्दै रिट दायर गर्नुभएको थियो । जसमा अदालतले अन्तिरिम आदेश दिँदै वाग्लेलाई पुनर्वहाली गराएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच