व्यक्ति व्यक्ति मिलेर परिवार बनेको हुन्छ । परिवार परिवार मिलेर समाज बनेको हुुन्छ । परिवार आफैँमा व्यक्तिको समूह हो । व्यक्तिको समूूहलाई सञ्चालन गर्ने नायक नै परिवारको मूल पुरुष हो । यही मूल पुरुषको संरकक्षत्वमा परिवार सञ्चालन हुने गर्दछ । मानिस आफैँमा परिवारमा मिलेर बस्ने प्राणी हो । तर, पारिवामा आएको विघटनले कहिलेकाहीँ पारिवारिक समस्या समाजका माध्यमबाट बाहिर आउने गर्दछन् । त्यसैले परिवारको संयोजन हाम्रो समाजका लागि सारै नै महत्वपूर्ण मानिन्छ ।
पारिवारिक बेमेलका कारण महाभारत जस्तो युुद्ध पनि यही सामाजमा भएको हो । त्यो युद्ध पारिवारिक थियो । पारिवारिक युुद्धले तत्कालीन समाज र मानवतालाई क्षतविक्षत पारेको थियो । त्यसैले पारिवारिक रूपमा देखिने इष्र्या सारै बलवान् हुुुन्छ । पारिवारिक रूपमा उब्जने इष्र्याले परिवारको मात्र होइन वंशलाई समेत समाप्त पार्ने गर्दछ ।
महाभारत त्यही पारिवारिक इष्र्याको ज्वलन्त नमुना हो । पारिवारिक रूपमा देखिएको इष्र्याले दुुई भाइका परिवार मात्र होइन तत्कालीन समयमा विभिन्न टुुक्रामा रहेका राज्य सबै समाप्त भए । एक भाइको वंश नाश भयो । अर्को भाइका सन्तानले शासनको वाग्डोर समालेको हो । यो हिंशा पािरवारिक प्रतिस्पर्धा र असन्तोषमा देखिएको हिंसा थियो । तत्कालीन समयमा त्यसलाई धर्मयुुद्धको नामले पुकारियो । यो अवस्था हामी सगोल परिवारमा बस्ने, साना छँदासम्म बाबुुआमाले छोराछोरी र वृद्धावस्था प्राप्त गरेपछि बाबुुआमाको जिम्मा छोराहरूले लिने संस्कारमा रहेको देखिन्छ ।
पारिवारिक बेमेलका कारण महाभारत जस्तो युुद्ध पनि यही सामाजमा भएको हो । त्यो युद्ध पारिवारिक थियो । पारिवारिक युुद्धले तत्कालीन समाज र मानवतालाई क्षतविक्षत पारेको थियो । त्यसैले पारिवारिक रूपमा देखिने इष्र्या सारै बलवान् हुुुन्छ ।
धृतराष्ट्रका तथा पाण्डुुका सन्तान आपसमा युुद्धको अवस्थासम्म पुुगे । त्यो युुद्ध पाण्डुुका छोराहरूले जिते । युधिष्ठिर हस्तिनापुरका प्रधान सेवक बने । उनले यही प्रश्न आफ्ना पितामह भीष्मलाई गरेका छन् । परिवारमा हुने असन्तुुष्टिलाई कसरी निर्मूल पार्न सकिन्छ । तत्कालीन भारतवर्षमा सबैभन्दा ठूलो परिवार कृष्णको थियो । कृष्णको परिवार पनि आपसी झगडाले नै समाप्त भएको हो । यही कुरा नारदले कृष्णलाई पनि सोधेका छन् ।
पारिवारिक सङ्गठन :
परिवार आफैँमा संगठित हुनुु आवश्यक छ । परिवारमा बेमेल भयो भने समाजमात्र होइन राष्ट्रको अवस्था पनि कमजोर हुने कुरालाई महाभारतको माध्यमबाट उदाहरणका रूपमा लिन सकिन्छ । यही कुरा भीष्मलाई सम्बोधन गर्दै युुधिष्ठिर भन्छन् :
एवमग्राहृयके तस्मिन् ज्ञातिसम्बन्धिमण्डले
मित्रेस्वमित्रेष्वपि च कथं भावो विभाव्यते ।।
हे पितामह ! यदि सजातीय बन्धुुहरू आफन्तका बीचमा पारस्पारिक प्रतिष्पधार्का कारण वशमा राख्न सकिएन, आफन्त र पारिवारिक जनमा दुुई खेमा देखियो भने यस्तो परिस्थितिमा मित्र पनि शत्रुु बन्ने सम्भावना सबैभन्दा टड्कारो बनेर आएको हुन्छ । यस्तो अवस्थामा सबैको चित्तलाई एकतामा ल्याउन सक्ने कुनै उपाय छ कि ? यो प्रश्न युुधिष्ठिरको थियो । उनले यो भोगेका पनि थिए । पारिवारिक झगडाका कारण उनीहरू एक आपसमा भिड्नुुपरेको थियो ।
कृष्णको परिवार तत्कालीन समयको सबैभन्दा ठूलो परिवार थियो । परिवारमा जेष्ठ सदस्य बलराम भए पनि परिवारको सबै जिम्मेवारी कृष्णका हातमा थियो । त्यो सगोल परिवारलाई जीवन्त राख्न र एकताको सूूत्रमा बाँध्न कृष्णले सबैभन्दा महत्वपूूर्ण भूूमिका निर्वाह गरेका थिए । त्यसैले कृष्णका माध्यमबाट यो प्रश्नको उत्तर आएको छ । कृष्ण नारदलाई सम्बोधन गर्दै भन्छन् :
नासुुहृत् परमं मन्त्रं नारदार्हति वेदितुुम्
अपण्डितो वापि सुुहृत् पण्डितो वाप्यनात्मवान् ।।
हे नारद ! परिवारको कुनै व्यक्ति सुुहृत् होइन वा जो व्यक्ति सुुहृत् छ तर विद्वान् छैन, कुुनै व्यक्ति मित्र पनि पण्डित पनि छ तर मनलाई वशमा राख्न सकेको छैन भने त्यस्ता व्यक्ति गोप्य कुरा गर्न लायक हुँदैनन् । त्यसैले परिवारमा यस्ता किसिमका मानिस कहिले पनि पारिवारिक समस्यामा भागीदार हुन सक्दैनन् । यिनलाई टाढै राख्दा नै पारिवारिक समुुन्नति हुने गर्दछ । परिवारको सदा उन्नति चाहने र आपसमा सल्लाहलाई प्राथमिकता दिने व्यक्ति नै परिवारका असल सदस्य मानिएका हुन्छन् ।
पारिवारिक रूपमा देखिएका विघटन पारिवारिकमात्र होइनन् । यिनले समाजमा समेत प्रभाव पारेका हुन्छन् । सामान्यतया परिवारको पारिवारिक सम्बन्ध सुुमधुुर हुनुु आवश्यक मानिएको छ । परिवारमा देखापरेको धन, मान र सम्मानका कारण आउने विपत्तिले विघटनको अवस्था सिर्जना गरेको हुन्छ । कृष्णले मेरो परिवार ठूलो छ । मैले परिवारमा पारिवारिक विघटन आउन दिएको छैन । यसलाई उदाहरणका रूपमा कृष्ण भन्छन् :
सोऽहं कितवमातेव द्वयोरपि महामते
एकस्य जयमाशंसे द्वितीयस्यापराजयम् ।।
जस्तै एउटी आमाका दुुई छोराहरू जुुवा खेलिरहेका छन् भने आमाले एउटा छोराले जितोस् भन्ने चाहन्छिन् तर अर्काले नहारोस् भन्ने कामना गरेकी हुुन्छिन् । मैले पनि परिवारमा त्यही कामना गरेको हुन्छुु । म पनि आफ्नो परिवारमा एउटाको विजयको कामना गर्दछुु तर अर्काको पराजयको कामना कहिले पनि गर्दिन । परिवारमा देखिने कलह इष्र्याभावका कारण हो । एउटाको प्रगति प्रायः अर्काले देखिसहन्न । यही अवस्थाका कारण परिवारमा पारिवारिक कलह हुने गर्दछ । परिवारमा देखिने यस्ता समस्यालाई कसरी समाधान गर्नुुहुन्छ भन्ने सन्दर्भमा नारदको उक्ति यस्तो छ :
ज्ञातिनां वक्तुुकामानां कटुुकानि लघुुनि च
गिरा तुु हृदयं वाचं शमयस्व मनांसि च ।।
कुनै सजातीय बन्धुले तपाईंलाई नराम्रो वचन बोलेर चित्त दुुखाउन खोज्यो भने त्यसलाई राम्रो वचनबाट पाठ सिकाउनुुहोस् । यसरी उसलाई गतिलो तरिकाले वचनबाट पनि प्रहार गर्न सकिन्छ । तत्कालीन समयमा परिवारमा आएको वैमनश्यलाई कृष्णले यसरी समाधान गरेका थिए । आफ्ना र आफन्तलाई एकसूूत्रमा बाँधेका थिए । यो परिवारमा देखा पर्ने एकताको बलियो आधार थियो ।
आजको परिवार :
आजको मानिस एक्लै बाँच्ने रहरमा हुर्केको छ । एकान्तवास आजको पुुस्ताको बलियो हतियार हो । एकान्तमा बस्नु पारिवारिक सल्लाहमा सामेल नहुुन, प्रविधिका माध्यमबाट संसार नै हात परे जस्तो गर्नु आजको पुुस्ताको अभिरुचि हो । यही अभिलाषामा हुुर्केको पुस्तलाई आजका हामीजस्ता अभिभावकले जीवनको बाटोलाई सही दिशा निर्देश गर्न पनि सक्दैनौँ । बाबुुआमाका धेरै सन्तान र सगोल परिवारमा हुुर्केको अघिल्लो पुुस्ता पछिल्लो पुस्ता देखेर चिन्तित बनेको छ । पारिवारिक रूपमा धेरै सन्तान नहुुनुु, तिनलाई शिक्षादीक्षाको व्यवस्था गरिदिएर विदेशका गल्लीमा भौँतारिन छोड्दिनुु, आफूले पनि विभिन्न माध्यम र संयोगका कारण वैदेशिक भ्रमणको स्वाद चाख्नुु, आजका परिवारको सबैभन्दा घतलाग्दो अवस्था बनेको छ नेपाली समाजमा ।
उच्च शिक्षाका लागि प्रवाशिने सन्ततिका सपना ठूला र आकांक्षा गगनचुुम्बी हुुन्छन् । ती आशालाई पूरा गर्न नेपाल सबैभन्दा सानो देश बनेको हुन्छ उनीहरूका लागि । ठूलो र विकसित देशमा बाँच्ने अभिलाषा र त्यहीँको नागरिकता लिएर बाँच्ने अवस्थाले उसलाई यहाँसम्म पुुराएको हुुन सक्दछ ।
छोराछोरी विदेशमा भएनन् भने आफूलाई हामीले सदा कमजोर ठान्ने गरेका छौँ । हुनत शिक्षा, स्वास्थ्य, रोजगारको अवसर नपाएर विदेशिएको सन्तानको उन्नति चाहनुु नौलो कुरा होइन । शिक्षाका लागि विदेशिने सन्तान र रोजगारीका निम्ति विदेशिने सन्तानमा भिन्नता देखिएको छ ।शिक्षाका लागि विदेशिने सन्तति विदेशको नागरिकता र ग्रिनकार्डका लागि लागिपरेको हुन्छ । रोजगारका लागि विदेशिने पुस्ता आफूलाई जीवन निर्वाह हुने धन कमाएर स्वदेशमा आउने गरेको हुन्छ । रोजगारका लागि बाहिरिने परिवारिको पारिवारिक स्थिति नेपालका सन्दर्भमा दयनीय बनेका खबरहरू आउने गरेका छन् ।
पतिको भिसा लागेदेखि सहर छिरेकी बुुुहारी सहरको बसाइमा रमेकी हुुन्छे । ऊ गाउँमा शिक्षाको व्यवस्था राम्रो छैन सहरमा सन्तान पढाउने अभिलाषा मनमा सँगालेर आएकी हुन्छे । गाउँले जीवनमा मकै, भट्मास र छहराको पानी पिउने उसको प्यास कोक, फेन्टाले मेटाएको हुन्छ । मकै र भट्मासका ठाउँमा चाउचाउ, चाउमिन, मम, फ्राई राइसले मेटाउने गरेको हुन्छ । यो रोजगारीका लागि विदेशिने हामी नेपालीको परिवारमा देखिने अवस्था हो ।
उच्च शिक्षाका लागि प्रवाशिने सन्ततिका सपना ठूला र आकांक्षा गगनचुुम्बी हुुन्छन् । ती आशालाई पूरा गर्न नेपाल सबैभन्दा सानो देश बनेको हुन्छ उनीहरूका लागि । ठूलो र विकसित देशमा बाँच्ने अभिलाषा र त्यहीँको नागरिकता लिएर बाँच्ने अवस्थाले उसलाई यहाँसम्म पुुराएको हुुन सक्दछ । नेपालमा रोजगारको अभाव, शिक्षा अनुुसारको जीवन निर्वाहका लागि व्यवस्था नहुुनुु पनि कारण हुन सक्दछ तर यथार्थ यही नै हो हामी सबै नेपालीको पनि । व्यवस्था परिवर्तनले ल्याएको देशको विकास र उन्नति शासकमा मात्र देखिनुु अर्को कारण हुुन सक्दछ । देशका शासकले यहाँसम्म कि नेपालीलाई भुुटानी शरणार्थी भनेर बेचेको तथ्य बाहिर आउनुले पक्कै पनि व्यवस्थाले देशको काँचुली फेर्न सक्दैन भन्ने प्रमाण होइन र ! देशलाई आधार मानेर राजनीतिक विचारमा परिवर्तन गर ।
वृद्धावस्थासम्म राजनीतिको वाग्डोर आफूमा नराख, स्वच्छ र स्वस्थ विचारलाई प्रवाह गर्न सक्ने व्यक्तिलाई अघि सार । देशमै रोजगारी सृजना गर । यो अवस्थामा देशलाई लैजान सक्यौ भने मात्र देशको युुवा विदेशिने छैनन् । बाबुुआमा वृद्धावस्थामा एक्ला हुने छैनन् । सन्तान पढाउने निहुुँमा बुहारी शहर पस्ने छैन । यदि यो अवस्था सिर्जना भएन भने तिमीहरूको अवस्था नै के हुुन्छ भन्न सकिँदैन ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका