काठमाडौं । पुरानो समयमा बजार आजको जस्तो छाला हेरचाह गर्ने उत्पादनले भरिपूर्ण थिएन। त्यसबेला मानिसहरूले छाला र स्वास्थ्यको लागि घरेलु र आयुर्वेदिक व्यञ्जनहरू प्रयोग गर्थे।
नाइटोमा (बेली बटन) मा तेल हाल्दा धेरै फाइदा हुन्छ। नाभिमा तेल लगाउनुलाई नाभि उपचार भनिन्छ र यसको फाइदा पाचन, रोग प्रतिरोधात्मक क्षमता र छालामा देखिन्छ। यसका अतिरिक्त, यो आयुर्वेदिक तरिकाको सबैभन्दा बढी फाइदा छालामा उपलब्ध हुन्छ।
यो तेललाई हल्का तताउनुहोस्। यसरी तताईएको तेल धेरै तातो भने हुनु हुँदैन । राति सुत्नुअघि नाभि (नाइटो) मा २ देखि ३ थोपा तेल हाल्नुहोस् । यो दैनिक रुपमा गर्नुहोस् । सो गर्दा छालालाई आन्तरिक रूपमा हाइड्रेसन प्राप्त हुन्छ र नाभीमा तेल हाल्दा छालाको चाउरीपना हटाउन र छालालाई स्वस्थ राख्न पनि फाइदा हुन्छ।
नरिवलको तेलमा एन्टी फंगल गुण हुन्छ, जसले नाइटोलाई सफा गर्दछ भने इन्फेक्सन हुनवाट पनि रोक्दछ । यसबाहेक, नरिवलको तेलमा प्रचुर मात्रामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ र यसले नाभिको रातोपन कम गर्छ।
नाभि प्रायः शरीरको एक भाग हो जसलाई मानिसहरूले बेवास्ता गर्छन् र सही तरिकाले सफा गर्न बिर्सन्छन्। यस्तोमा अवस्थामा नरिवलको तेल नाइटोमा हाल्दा चिन्ता पनि दुर हुन्छ । जलन र सोइलिङबाट छुटकारा पाउन र निको पार्ने गुणहरू प्राप्त गर्न नाभिमा नरिवलको तेल हाल्नु लाभदायक हुन्छ।
नाइटोका बारेमा रोचक तथ्यहरू
- नाइटो हाम्रो शरीरको सबैभन्दा गन्धयुक्त भाग हो । यसका ६७ प्रकारका जिवाणुहरु पाइन्छन् ।
- विश्वमा ४ प्रतिशत मानिसहरुको नाइटो बाहिर निस्किएको हुन्छ । बाँकी सबै मानिसहरूको नाइटो भित्र पसेको हुने गर्छ ।
- महिलाको तुलनामा पुरुषको नाइटोमा धेरै रौँ हुने गर्छ ।
- विश्वकी सेक्सी महिलाको नाइटो नै छैन ।
- नाइटो अण्डा दिने जनावरमा पाइन्दैन । यो स्तनधारीमा मात्र हुने गर्छ ।
- अंग्रजी टि आकारको नाइटो अत्यन्तै कामुक हुने गर्छ ।
- महिलाको नाइटो गोप्य हुने गर्छ । जुन महिलाको नाइटो बीचमा हुन्छ उक्त महिलाबाट स्वस्थ बच्चा जन्मन्छ । एजेन्सीको सहयोगमा
Live: प्रतिनिधि सभा बैठक
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच