हत्या दुरुत्साहन आरोपमा धनगढीबाट एक डाक्टर पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएको आरोपमा प्रहरीले थप एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । डाक्टर शाह बिहीबार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसीविरुद्ध आत्महत्या दुरूत्साहन मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई प्रहरीले पक्राउ गरेको थिएन ।

मृतक शाहका परिवारले दुबै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखे पनि कैलाली प्रहरीले शनिबार दिउँसोसम्म भट्टराईलाई समात्न नसकेको भन्दै गुनासो गरेका थिए । घटनामा नाम जोडिएका व्यक्ति बाहिर बस्दा प्रमाण मेटाउन सक्ने भन्दै तत्काल प्रकाउ गरेर अनुसन्धान थाल्न परिवारको माग थियो ।

भट्टराई आज साँझ साढे चार बजे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?