काजकिस्तानको टोली नेपालमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालमा हुने काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकिस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकिस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकिस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठलगायत पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुँदैछ । च्यालेन्ज कपमा आठ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ मा कीर्गिजस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । सातदिने प्रतियोगिताको सुरुवाती तीन दिन चार खेल र बाँकी चार दिन दुई खेल हुनेछन् । नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ ।

समूह ‘ए’मा नेपालसँगै भारत, बंगलादेश र कीर्गिजस्तान रहेका छन् । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान रहेका छन् । दुई समूहको राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?