पाँचथर । पाँचथरको याङवरक गाउँपालिका कोशी प्रदेशकै पहिलो पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बालबालिकालाई जन्मेदेखि पाँच वर्ष भित्र दिइने सबै खोपको मात्रा पुरा गरेको यो पालिकालाई शनिवार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
गाउँपालिकालाई जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले ‘पुर्ण खोप सुनिश्चित’ भएको प्रमाण पत्र उपलब्ध गराएको थियो ।
१६ हजार ८२१ जनसंख्या रहेको यो गाउँपालिकामा जन्मेदेखि पाँच वर्ष मुनीका बालबालिकाको संख्या एक हजार १९२ छ । ती मध्ये जन्मेदेखि १५ महिना मुनीका ३४२ र १६ देखि पाँच वर्ष मुनीका बालबालिकाको संख्या ८५० रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।
जन्मेदेखि पाँच वर्ष मुनीका सबै बालबालिकालाई खोपको मात्रा पुरा गरेसँगै यो गाउँ पालिकालाई जिल्ला खोप समन्वय समिति पाँचथरले ‘पुर्ण खोप सुनिश्चित गाउँ पालिका’ घोषणा गर्ने निर्णय गरेको थियो ।
सोहि निर्णय अनुसार याङवरकलाई हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीको प्रमूख आतिथ्यमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिसँगै जनप्रतिनिधि,सञ्चारकर्मी,गाउँपालिकाको स्वास्थ्य शाखा तथा विषयगत समितिका प्रमूख र प्रतिनिधि सहभागि थिए ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच