राजनीति पनि एक समाजसेवा होः प्रकाशमान सिंह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाै‌ । पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताउनुभएको छ ।

आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि एक समाजसेवा हो । समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु ।”

राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजसेवामा समर्पित हुन सकेमात्र देशको कल्याण हुने उहाँको भनाइ थियो । उहाँले थापाथली जनकल्याण परिवारले ज्येष्ठ नागरिक, बालबालिका, महिला र युवाको हित एवं विकासमा खेलेको भूमिकबारे प्रशंसासमेत गर्नुभयो ।

वार्षिक समारोहका अवसरमा जनकल्याण प्रतिभा पुरस्कारबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला कदरपत्रसहित नगर ५१ हजार राशिसहित सम्मानित गरियो । पुरस्कार ग्रहण गर्दै डा कोइरालाले भन्नुभयो, “मानव सेवा नै सर्वोत्तम सेवा हो । सबैलाई मानव सेवाप्रति जागृत हुन म आग्रह गर्दछु ।”

यसैगरी ५१ हजार राशिसहितको जनकल्याण अध्यात्मक सेवा पुरस्कार स्व डा स्वामी केशवानन्द गिरीलाई अर्पण गरियो । संस्थाले वार्षिक उत्सव समारोहका अवसरमा विभिन्न समाजसेवि, विद्यार्थी र सङ्घसंस्थालाई सम्मान गरेको छ । सो अवसरमा समाजसेवी सिर्जना सिंहले रु एक लाख र शारदा हुतराम वैद्य फाउण्डेशनका अध्यक्ष मीना वैद्य पाण्डेले रु २५ हजार संस्थालाई प्रदान गर्नुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष हिरालाल तण्डुकार, महासचिव महासचिव लक्ष्मण थापालगायतका वक्ताले संस्थाका गतिविधिका बारेमा प्रकाश पार्नुका साथै भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक दिवासेवा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिकको सम्मान, तीर्थाटन, सत्सङ्ग एवं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
आइजीपीलक्षित खगेन्द्र सुनारकाे टिप्पणी : मुद्दा लागेको व्यक्तिले बयान दिने हो, प्रवचन… अमरेश सिंहको प्रश्न : के समृद्धि र सुशासनको रोडम्याप यही हो ? विश्व अंगदान दिवस : २,७९९ को मञ्जुरी, दाताको अभावमा प्रत्यारोपण चुनौती पत्रकार किशोर श्रेष्ठमाथि वैयक्तिक गोपनीयता उल्लंघनको मुद्दा पूर्वसभापति देउवाको अनुभव पार्टी रूपान्तरणमा उपयोगी हुने कांग्रेसको विश्वास सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा बर्दियामा डिजेल खन्याएर आत्म*दाहको प्रयास, महिला गम्भीर घाइते पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा घोषणा, भोलि खगराज भट्टले दाबी पेस गर्ने ललिता निवास प्रकरण : नेपाल र बाबुरामलाई प्रतिवादी नबनाएको विषयमा सर्वोच्चले माग्यो…