काठमाडौं । कवि राजेश ढुंगानाको कविताकृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’माथि परिचर्चा गरिएको छ । काठमाडौंमा सर्वनाम नाट्य घरमा आयोजित कार्यक्रममा एक कार्यक्रमबीच यस कृतिको परिचर्चा गरिएको हो । कार्यक्रममा प्राडा कुमारप्रसाद कोइरालाले कवितामाथि बोल्दै सुकिला मान्छे अरू कोही नभएर सत्तामा बसेकाहरू नै भएको बताउनुभयो ।
प्राडा सावित्री कक्षपतिले कृतिभित्रका ५५ वटा कवितामध्ये केही कविताहरू अत्यन्त सशक्त रहेको जिकिर गर्नुभयो । दशकअघि लेखिएका कविताले आजको कथा बोलिरहेको उहाँको भनाइ थियो । साहित्यकार अशेष मल्लले राजेशको राजनीतिक र काव्यिक सक्रियताको चर्चा गर्दै उहाँभित्रको आवेग र आक्रोशको बाछिटा उहाँका कवितामा भेटिने गरेको सुनाउनुभयो ।
कार्यक्रममा कवि ढुंगानाले आफ्ना पाँच कविता वाचन गर्नुभएको थियो । नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा प्रमोद प्रधान, मीना ढुंगाना, श्रीओम रोदन, देविका तिमिल्सिना लगायतलले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका