कृषि क्षेत्रको रूपान्तरणका लागि कार्यशाला

Read Time = 3 mins

काठमाडौं । नेपालको खाद्यान्न तथा कृषि क्षेत्रमा रूपान्तरण गर्न अमेरिकी सरकारको विश्वव्यापी खाद्य सुरक्षा रणनीतिको समीक्षा गरी नेपालमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रियस्तरको कार्यशाला आयोजना भएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) को सहयोगमा अमेरिकी सरकारले विकास गरेको ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी एक एकीकृत कार्ययोजना हो, जसले ‘फिड द फ्युचर’ योजनामार्फत् विश्वव्यापीरूपमा भोकमरी, गरिबी, कुपोषणलगायतका समस्या समाधान गर्ने उद्देश्य लिएको छ ।

कोरोनाका कारण नेपालमा गरिबीको रेखामुनि पर्ने जनसंख्या बढेर गएको छ । जलवायु परिवर्तनका कारण कृषि उत्पादन वार्षिकरूपमा घट्दै गएको छ । जसकारण देशमा खाद्य संकट, भोकमरीजस्ता समस्या बढ्ने आँकलन गरिएको छ । युएसएडसँगको साझेदारीमा हुने ‘फिड द फ्युचर’ परियोजनाले नेपालमा कृषिमा आधारित आर्थिक वृद्धि, क्लाइमेट स्मार्ट कृषि र पोषणयुक्त खाद्यान्नको पहुँच वृद्धिमा काम गर्नेछ ।

युएसएडले अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान(आइएफपिआरआई) मार्फत् नेपालमा अमेरिकी सरकारले विकास गरेको ग्लोबल फुड सेक्युरिटी स्ट्राटेजी रिफ्रेस योजना लागू गरी संकट न्यूनीकरण गर्न र मानिसका आवश्यकता परिपूर्तिका लागि समता तथा समावेशीमूलक अवधारणा विकासका लागि सबै सरोकारवाला समेट्ने गरी कार्यशाला आयोजना गरेको हो ।

फिड द फ्युचर कार्यक्रममा मानिसको सहभागिता र अपनत्व बढाउन सहयोग गरेको र सामुदायिक तथा राष्ट्रिय तहका सबै सरोकारवाला सहभागी भएको कार्यशालाले अमेरिकी सरकारको लगानी नेपालमा भित्र्याउन रणनीति तयार पार्न सहयोग गर्ने युएसएड नेपालका कृषि विकास अधिकृत डेभिड टर्हुन ग्रिस्टले बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले नेपालले हाल खाद्य असुरक्षाका साथै अव्यवस्थित शहरीकरण, पशुपन्छी र मानवबीचको द्वन्द्व तथा कृषियोग्य जमिनमा पूर्वाधार विकासलगायतका समस्यासमेत भोग्दै आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?