दुई महिनापछि बागमती सरकारले पायो पूर्णता, ६ मन्त्री नियुक्त

Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट तीनजना र नेकपा एकीकृत समाजवादीबाट दुईजना मन्त्री समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वातावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बन्नुभएको छ । कांग्रेसकै रामकृष्ण चित्रकार विना विभागीय मन्त्री बन्नुभएको छ । नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री बन्नुभएको छ भने राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपक्षी विकास मन्त्री बन्नुभएको छ ।

बागमतीमा २०७९ को पुस २५ गते माओवादी केन्द्रका जम्कट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर, राष्ट्रपति निर्वाचनअघि केन्द्रमा गठबन्धन बदलिएपछि १३ फागुनमा राप्रपा र १० चैतमा नेकपा एमालेले सरकार छाडेको थियो ।

त्यसपछि नेपाली कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुभएको थियो । आइतबार मन्त्री नियुक्त गरेपछि बागमतीको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ । तर, हालसम्म बागमतीको मन्त्रिपरिषद् ११ सदस्यीय छ । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवं कार्य विभाजन भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?