लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशमा आज मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्रीसहित चार जना मन्त्री रहेकोमा तीन जना नयाँ मन्त्री थपेर मुख्यमन्त्री डिल्ली वहादुर चौधरीले सरकार विस्तार गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट एक, जनता समाजवादीबाट एक र जनमत पार्टीबाट एक गरी तीन जना मन्त्री थपिएका छन । उनिहरुका लागि आज अपरान्ह ४ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

कांग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बन्नुभएको छ । वैशाख १५ मा मन्त्री बनेका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री चौधरीले खानेपानी ग्रामीण तथा सहकारी विकास, वन तथा वातावरण मन्त्रालय, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय आफूसँगै राख्नुभएको छ । यसअघि माओवादी केन्द्रबाट मास्की आर्थिक मामिला मन्त्री भइ सक्नुभएको छ, भने लोसपाबाट पाण्डेय मन्त्री हुनुहुन्छ । काँग्रेस, माओवादी केन्द्रसहित बिभिन्न ८ दल र एक स्वतन्त्र साँंसद गरि ५३ जनाको समर्थनमा काँग्रेसका डिल्ली बहादुर चौधरी मुख्यमन्त्री हुनुभएको छ ।

गठबन्धनमा काँग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा,लोसपा र जनमत पार्टीका ३/३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सांसद तथा एक जना स्वतन्त्र सांसद छन् । त्यस्तै विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?