जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ ।

सोमबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताउनु भयो ।

पार्टी अध्यक्षसमेत रहनुभएका यादव वैशाख १० को उपनिर्वाचनबाट निर्वाचित हुनु भएको हो । यसअघिका संसदीय दलका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो पद रिक्त थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?