काठमाडौं । नेपाली महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीको टोली गोकुलम केरला एफसीले भारतीय महिला लिग (आइडब्लुएल) को उपाधि जितेको छ । केरलाले आइतबार फाइनलमा किकस्टार एफसीलाई पाँच-शून्यको फराकिलो अन्तरले हराउँदै गोकुलमले उपाधि जितेको हो ।
गोकुलमले लगातार तेस्रोपटक उपाधि जितेको हो । फाइनलमा सावित्राको उत्कृष्ट प्रदर्शन रहृयो । खेलको पाँचाँै मिनेटमा सावित्राको गोलबाट गोकुलमले सुरुवाती अग्रता लिएको थियो । खेलको २२औँ मिनेटमा सन्ध्या रंगनानाथले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।
खेलको ३५औँ मिनेटमा सन्ध्याले पेनाल्टीमा गोल गर्दै गोकुलमको अग्रता तीन-शून्यमा पुर्याउनुभयो । ५३औँ मिनेटमा सावित्राको क्रसमा सन्ध्याले गोल गर्दै गोकुलमलाई चार-शून्य र ८१औँ मिनेटमा पनि सावित्राकै क्रसमा रोजादेवीले गोल गर्दै गोकुलमलाई पाँच-शून्यको जित दिलाउनुभयो ।
गोकुलमले यसअघि सन् २०१९/२० र २०२१-२२ को सिजनमा लगातार उपाधि जितेको थियो । सावित्राले लिगमा सर्वाधिक गोलकर्ता बन्दै २९ गोलसमेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच