गीतकार संघद्वारा स्रष्टा सम्मान तथा पुरस्कार घोषणा

Read Time = 4 mins

काठमाडौं । गीतकार संघ नेपालले स्रष्टा सम्मान तथा पुरस्कार घोषणा गरेको छ । सोमबार एक प्रेश विज्ञप्ति जारी गर्दै संघले स्थापना दिवस यही १४ गते वितरण गर्ने पुरस्कार र सम्मान घोषणा गरेको हो । संघका महासचिव टीका राई (शिव)ले जारी गरेको विज्ञप्ति अनुसार ‘वर्ष अमर-भावना राष्ट्रिय स्रष्टा सम्मान गीतकार संघ नेपाल-२०७९’बाट नेपाली गीत लेखनमा निरन्तर साधनारत प्रखर तथा अग्रज गीतकार दुर्गालाल श्रेष्ठलाई विभूषित गरिनेछ । उहाँलाई एक लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ ।

त्यस्तै, संघले यसवर्ष ‘डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल २०७९’बाट विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पुर्‍याएबापत अमेरीकाको ओहायो बसोवास गर्ने गीतकार खेम रिजाललाई १५ हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । यस्तै, संघले ‘विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान–२०७९’बाट लिम्बू भाषाका लागि गीतकार भगत सुब्वा (लाजेसा याक्थुङ्बा)लाई २५ हजार २५२ रुपैयाँसहित सम्मान गर्नेभएको छ । यसैगरी संघले यसवर्ष राष्ट्रिय गान रचयिता गीतकार प्रदिपकुमार राई (ब्याकुल माईला)लाई ‘गीतकार विशेष सम्मान गीतकार संघ नेपाल’ बाट १५ हजार रुपैयाँसहित सम्मान गरिने जनाइएको छ ।

त्यस्तै संघमा आत्रद्ध सदस्यहरूले २०७९ सालका लागि दर्ता हुन आएका गीतमध्येबाट भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार संघ नेपाल २०७९ सालका लागि उत्कृष्ट १० (दश) गीतहरू सार्वजनिक गरिएको छ । जसमा ‘एक मुठी सास’ उमेश लम्साल, ‘भुई सोरी ढोगे है’ सञ्जीव पारदर्शी, ‘न त खेल हो’ सुन्दर पन्त, ‘आउछु भन्यौ’ गोविन्द शृंखला, ‘आज मेरो कक्षामा’ रत्नप्रसाद अनामणी श्रेष्ठ, ‘ऐनाको अघि उभेर’ मदन मावो, ‘जन्म र मृत्यु’ अरुण तिवारी, ‘गाउँघरको बोलिले’ प्रेनिङ प्रयास राई, ‘छोड्दै थिए जन्म थलो’ घनबहादुर थापामगर र ‘जमानत गुमायौं’ ध्रुवप्रसाद अम्गाईं रहनुभएको छ ।

यस्तै, संघमा आबद्ध सदस्यहरूले २०७९ सालका लागि दर्ता हुनआएका गीत पुस्तकमध्येबाट ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार गीतकार संघ नेपाल-२०७९’ का लागि उत्कृष्ट तीन गीत पुस्तकहरू छनोट गरिएको छ । जसमा ‘यला ! यला !!- गंगाराज मुकारुङ, ‘गीतसंग अपेक्षा’-गणेश श्रेष्ठ अपेक्षा र ‘अनुभूतिका स्वरहरू’ टीका भट्टराई नेपाल रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?